जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालले तराई मधेससँग जोडिएका सीमामा सय रुपैयाँ सम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाइने प्रावधानको विरोध गरेको छ । शनिबार सो पार्टीका संरक्षक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै सो प्रावधानको विरोध गरेका हुन् ।

विज्ञप्तिमा उनले मधेस र भारत सडक मार्गबाट आवत जावत गर्ने व्यक्तिहरूलाई मात्र लक्षित सो निर्णय अदूरदर्शी कदम भएको बताउँदै पुनर्विचार गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।

नेपाल र भारत बिचको मित्रता सम्बन्ध पारस्परिक एवम् सनातन रहेको जनाउँदै विज्ञप्तिमा नागरिकका दिनानुदिनको जीवन यापनसँग सम्बन्धित किनमेलमा लगाइएको सो प्रावधान शीघ्र खारेज गर्न समेत आग्रह गरिएको छ ।

675583686_887647807632727_6118379939025182301_n