जयपुर इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि शानदार जित दर्ता गरेको छ। शनिबार राति जयपुरमा भएको उच्च स्कोरिङ खेलमा हैदरावादले राजस्थानले दिएको २२९ रनको विशाल लक्ष्य १८.३ ओभरमै ५ विकेट गुमाएर पूरा गरेको हो ।

हैदरावादको जितमा प्रारम्भिक ब्याटर ईशान किशनले विष्फोटक पारी खेले। उनले मात्र ३१ बलमा ७४ रन जोड्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। उनको यो इनिङ्स नै खेलको निर्णायक मोड बन्यो । उनी ‘प्लेयर अफ द म्याच’ बने ।

सअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२८ रनको उच्च स्कोर खडा गरेको थियो। घरेलु मैदान र विशाल स्कोरका बाबजुद राजस्थानका बलरले हैदरावादका ब्याटरलाई रोक्न सकेनन्। हैदरावादले ९ बल बाँकी छँदै ५ विकेटको क्षतिमा २२९ रन बनाउँदै महत्वपूर्ण दुई अंक जोडेको हो ।

यो जितसँगै समान १०/१० अंक तालिकामा रनरेटका आधारमा सनराइजर्स हैदरावाद तेस्रो स्थानमा उक्लिएको छ भने पराजित राजस्थान रोयल्स चौथो स्थानमा झरेको छ।