मुम्बई – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १०३ रनको सानदार जित दर्ता गरेको छ । वानखेडे स्टेडियममा भएको एकतर्फी प्रतिस्पर्धामा चेन्नईले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा मात्र १०४ रनमा समेटियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । चेन्नईको जितको नायक कप्तान सन्जु सामसन रहे । उनले मात्र ५४ बलमा अविजित १०१ रनको शतकीय इनिङ्स खेले । आफ्नो पारीमा उनले मुम्बईका बलरहरूलाई निरिह बनाएका थिए ।

२०८ रनको लक्ष्यसहित मैदान उत्रिएको मुम्बईको ब्याटिङ सुरुदेखि नै धर्मराएको थियो । चेन्नईका बलरको सटिक बलिङ र चुस्त फिल्डिङसामु मुम्बईका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । मुम्बईका लागि कुनै पनि ठूलो साझेदारी बन्न सकेन र टोली १०४ रनमै अलआउट हुन पुग्यो ।

ब्याटिङमा शतक प्रहार गर्नुका साथै दुईवटा क्याच समेत लिएका सन्जु सामसन ‘प्लेयर अफ द म्याच’ बने । यो जितसँगै चेन्नई चेन्नई पाँचौँ स्थानमा उक्लिएको छ । खराब लय जारी रहेको मुम्बई अहिले तालिकाको आठौँ स्थानमा छ ।