काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ पर्नुभएको छ । उहाँलाई नक्साल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले  बताउनुभयो । गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको व्युरोले जनाएको छ ।

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको बिषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छा सहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।