काठमाडौं । नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेपछि नेपालले विजय सुनिश्चित गरेको हो।

युएईले दिएको १२९ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि भुर्तेल ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कुशल मल्लले १९ र दीपेन्द्र सिंह ऐरीले अविजित २३ रन बनाए।