काठमाडौं  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । साेमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश, २०८३ जारी गर्न सिफारिस गर्ने तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार आजको मन्त्रीपरिषद् बैठकले कम्तिमा चारवटा अध्यादेश ल्याउने तयारी गरेको छ । दलीय ट्रेड युनियनसम्बन्नी अध्यादेश, उपकुलपति नियुक्तीलगायत चार अध्यादेश लयाउने तयारी भइरहेको उनको भनाइ छ ।