सुजीतकुमार झा
जनकपुरधाम । राम जन्मोत्सवको अवसरमा भगवान रामको ससुरालीमा बिहानैदेखि चहल पहल देखिएको छ । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल राम मन्दिरमा  साधुसन्तका अतिरिक्त दर्शनार्थीहरु निकै संख्यामा  आएको मन्दिरका महन्थ पुजारीहरु बताउँछन । चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन भगवान रामको जन्म भएको थियो ।
जनकपुरधाममा मात्र न भइ पुरै मिथिलाञ्चलमा कुनै उत्सव होस राम सीताको गुणगान विना त्यो उत्सव पूर्ण हुन सक्दैन । रामसीतासंग जोडिएको दर्जनो उत्सव जनकपुरधाममा हुने गरेको छ । आज नगरको विभिन्न ठाउँवाट छुट्टा–छुट्टै शोभा यात्रा निकालिएको छ । शोभा यात्रामा राम सीताको झाँकीका साथै रथमा भगवान रामको झाँकीलाई राखिएको थियो ।
घर घरमा सोहर
जनकपुधाममा मात्र नभई पूरै मिथिलाञ्चलको घर–घरमा सोहर (बच्चाजन्मको बेला गाइने गीत) गायन एकमहिना पहिलादेखि नै शुरु हुने गर्छन ।
मर्यादा पुरुषोत्तम भगवान रामको आज जन्मदिवस रहेको छ ।
जन्मदिनको उत्साहलाई बर्णन गर्दै जनकपुरधाम ७ की मधुबन्नीबाली भन्ने महिला भन्छिन् भगवान रामको जन्म हुनत अयोध्यामा किन न भएको होस तर त्यो उत्सवको माहोल उहाँकोे ससुराली जनकपुरमा पनि कम छैन् । उहाँ सोहरको एक पंक्ति सुनाउदै भन्छिन् –जँ जन्मल रघुनन्दन बन्धन टुटल रे, ललना रे हरि देलक दन्त गराई, तुतना भेल मुरझाइ…..।
जनकपुरधाममा दुई वटा दरबारलाई विशेष रुपले सजाइएको छ । मिथिला दरबार र अयोध्या दरबारमा पूजा भइरहेको छ । अयोध्या दरबार अर्थात राममन्दिरलाई सजाउनमा एकसाता पहिला देखि त्यहाँका हामी लागेकोे राम मन्दिरका महन्थ राम गिरिले वताउनुभयो ।
जन्मको उत्साह वर्णन गर्दै राममन्दिरका महन्थ गिरी भन्नु हुन्छ जसरी लागिरहेको छ हाम्रो घरमा भगवानको जन्म भइरहेको छ । भगवानको जन्म त्रेता युगमा किन नभएको होस यदि कुनै आकर्षण नरहेको भए यत्रो भीड रामनवमीमा कसरी हुन्थ्यो उहाँ प्रश्न गर्नु हुन्छ ।
संस्कृतिविद् चन्द्रमोहन झा ‘पड़वा’ले भगवान राममा जुन शक्ति छ त्यो अरु कसैमा छैन उहाँको कथन रहेको छ ।
राम नाम उरमे गहिओ जा कै सम नहि कोइ ।
जिह सिमरथ संकट मिटै दर्शु तुम्हारे होइ ।।

जसको सुन्दर नाउँलाइ हृदयमा बसाउँदा मात्रले सम्पूर्ण कार्य पूरा भइहाल्छ । जसको समान कुनै अर्को नाउँ छैन । जसको स्मरण मात्रले पूरै संकट समाप्त भइहाल्छ ।
कलयुगमा न योग, न यज्ञ र न त ज्ञानको महत्व रहेको छ । एक मात्र रामको गुणगानले सम्पूर्ण जीवको उद्धार हुन सक्छ ।
सन्तहरुको भनाइ छ प्रमु श्री रामको भक्तिमा कपट, देखावा हुदैन आन्तरिक भक्ति मात्र आवश्यक हुन्छ ।
गोस्वामी तुलसी दास लेख्नुहुन्छ ज्ञान र वैराग्य प्रभुलाइ पाउनका लागि मार्ग रहेको छैन । मात्र प्रेम भक्तिले पुरै फोहर सफा भइहाल्छ ।
प्रेम भक्तिले मात्र श्री राम भेटन सकिन्छ ।
छुटहि मलहि के धोएं ।
धूत कि पाव कोइ वारि विलोए ।।
प्रेम भक्ति जल विनु रघुराइ ।
अभि अन्तर मैल कबहुँ न जाइ ।।

अर्थात फोहरलाइ धुदाँ फोहर सफा हुन सक्छ । जललाई मथदा कुनै घयू भेटाउन सक्छ । त्यस्तै पे्रम भक्तिरुपी निर्मल जलको विना भित्रको फोहर कहिले पनि छुटन सक्दैन । प्रभुको भक्ति विना जीवन निरस हुन्छ अर्थात रसहिन । प्रभु भक्तिको स्वाद, यस्तो स्वाद हो जो यो स्वादलाइ बुझे त्यसलाइ संसारको सबै स्वाद फिका लाग्न सक्छ । भक्ति जीवनमा त्यतीकै महत्वपूर्ण हुन्छ जतिको स्वादिष्ट भोजनमा नुन ।

भगति हीन गुण सव सुख ऐसे ।
लवन विण बहु व्यञ्जन जै से ।।
अर्थात जसरी नुनको विना राम्रो भन्दा राम्रो भोजन स्वाद हीन हुन्छ ठीक त्यस्तै प्रभुको चरणको भक्ति विना जीवनको सुख समृद्धि सबै फिका हुन्छ ।

रामको ऐतिहासिकता

चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन भगवान रामको जन्म भएको थियो ।
भारतको चेन्नईका एक गैरसरकारी संस्था भारत ज्ञानले वर्र्षोको शोध पछि पत्ता लगाएका छन् रामको जन्म ५११४ ई.पू. १० जनवरीमा भएको थियो । रामको विषयमा यो शोध मुम्बईको वैज्ञानिक, विद्वान, व्यावसाय जगतका अगाडी प्रस्तुत गरिएको छ ।
यो शोधको तथ्यमाथी प्रकाश पार्दै त्यसका संस्थापक ट्रष्टी डिके हरि भन्नुहन्छ यो शोधमा वाल्मीकि रामायणलाई मूल आधार मानेर अनेक वैज्ञानिक, ऐतिहासिक, भौगोलिक, ज्योतिषी र पुरातात्विक तथ्यलाइ सहयोग लिइएको छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याका छोरा रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीका दिन अयोध्यामा भएको थियो । भगवान् रामचन्द्रलाई विष्णुको सातौँ अवतार मानिन्छ ।

भगवान् रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए । रामको राज्यमा सबै मानिस सुखी थिए । त्यसबेला जनता पनि अनुशासित र मर्यादित भएका कारण रामलाई मर्यादा पुरुषोत्तम भनिएको हो र हामीले यो अनुसरण गर्न सके मात्र यो पर्वको अर्थ हुने जानकारहरु बताउँछन् ।

रामको मिथिला संगको सम्बन्ध

भगवान रामको मिथिला संगको सम्बन्ध पनि प्रगाढ रहेको छ ।
भगवान रामको विहे मिथिला नरेश जनकका पुत्री सीता संग भएको थियो ।
मिथिलाको कण कणमा राम सीता रहेका छन् ।
जनकपुरधाममा मात्र न भइ पुरै मिथिलाञ्चलमा कुनै उत्सव होस राम सीताको गुणगान विना त्यो उत्सव पूर्ण हुन सक्दैन ।
जनकपुरधामको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव भन्नुहुन्छ मन्दिरमा हरेक समय रहन्छु हरेक समय यो लागिरहेको हुन्छ भगवान राम जानकी यही ठाउँमा छन् । यो स्थिति मिथिलाञ्चलको कुनै ठाउँमा जाँदा यस्तै लाग्छ । फेरी मिथिलाञ्चल भन्दा बाहिर जाँदा त्यस्तो कुनै अनुभव हुदैन उहाँ भन्नुहुन्छ ।
तुलसीकृत रामायणमा भगवानको जन्म प्रसंग

नौमी तिथि मधु मास पुनीता ।
सुकल पच्छ अभिजित हरिप्रीता ।।
मध्यदिवस अति सीत न घामा ।
पावन काल लोक बिश्रामा ।।

अर्थात पवित्र चैतको महिना नवमी तिथि थियो । शुक्ल पक्ष र भगवानको प्रिय अभिजित मुहूर्त थियो । अपरान्हको समय थियो । नबढी गर्मी न जाढो । यो पवित्र समयले सबैलाइृ शान्ति दिने गर्छन ।

सीतल मंद सुरभि बह बाऊ ।
हरषित सुर संतन मन चाऊ ।।
बन कुसुमित गिरिगन मनिआरा ।
स्रवहिं सकल सरिताऽ मृतधारा ।।

अर्थात शीतल, मंद र सुगन्धित पवन बहि रहेको हुन्छ । देवता हर्षित थिए र संतको मनमा जिज्ञासा थियो । वन फूलाएको थियो, पर्वतको समूह मणिले जगमगाइ रहेको थियो र सबै नदीमा अमृत धारा बगी रहेको थियो ।

सो अवसर बिरंचि जब जाना ।
चले सकल सुर साजि बिमाना ।।
गगन बिमल संकुल सुर जूथा ।
गावहिं गुन गंधर्ब बरूथा ।।

अर्थात जब ब्रह्माजी भगवानको प्रकट हुने अवसर जुडाए देवताहरु विमान सजाएर पृथ्वी लोकमा आएका थिए । निर्मल आकाश देवताहरुको समूहले भरिएको थियो ।

बरषहिं सुमन सुअंजुलि साजी ।
गहगहि गगन दुंदुभी बाजी ।।
अस्तुति करहिं नाग मुनि देवा ।
बहुबिधि लावहिं निज निज सेवा ।।

अर्थात सुन्दर अन्जलिमा सजाएर पुष्प बरसाउन थाले । आकाशमा नगाड़ाहरु बज्न थाले । नाग, मुनि र देवता स्तुति गर्न थाले ।

सुर समूह बिनती करि पहुँचे निज निज धाम ।
जगनिवास प्रभु प्रगटे अखिल लोक बिश्राम ।।

अर्थात देवताहरुको समूहले विनती गरी आफनो आफनो लोकमा फर्की हाले। समस्त लोकमा शान्ति दिने जगदाधार प्रभु प्रकट भएका थिए ।
भए प्रगट कृपाला दीनदयाला कौसल्या हितकारी ।
हरषित महतारी मुनि मन हारी अद्भुत रूप बिचारी ।।
लोचन अभिरामा तनु घनस्यामा निज आयुध भुजचारी ।
भूषन बनमाला नयन बिसाला सोभासिंधु खरारी ।।

अर्थात दीपर दया गर्नेवला, कौसल्याजीका हितकारी कृपालु प्रभु प्रकट भए । मुनिहरु मन हर्ने उहाँको अद्भुत रूपलाई हेरी माता हर्ष विभोर भइहालिन । नेत्रलाई आनन्द दिने आकाशाको समान श्याम शरीर रहेको थियो, चारिटै भुजामा अफनो विशेष आयुधहरु धारण गरेका थिए । यसै प्रकार शोभाको समुद्र तथा खर राक्षसलाई संहार गर्ने भगवान प्रकट भएका थिए ।