जनकपुरधाम । व्यापारी नेताको रुपमा पहिचान बनाएका नेपाली कांग्रेसका सदस्य कृष्णदेव महतोले आज पार्टी परित्याग गरेका छन् ।
व्यक्तिगत र व्यावसायिक कारण देखाएर उनले पार्टी परित्याग गरेका छन् । पूरे परिवार नै महतोको कांग्रेसमा लागेका थिए । उहाँका दाइ विष्णुदेव महतोलाई माओवादी जनयुद्धका बेला हत्या पनि गरिएको थियो ।
कृष्णदेवको जनकपुरधामको व्यापारी वर्गमा पनि राम्रो प्रभाव रहेको छ । कांग्रेसमा २०५२ सालमा सदस्यता लिएका थिए । कांग्रेस छोडेपछि कुन पार्टीमा जाने सम्बन्धमा आफू अहिले कुनैपनि निर्णय नगरेको दूधमतीलाई बताएका छन् ।
युवा नेता पंकज महतोको राजिनामा आएको एक साता भित्रै अर्का एकजना जस्को व्यवसायी वर्गमा राम्रो प्रभाव रहेका व्यक्ति कृष्णदेवको राजिनामाले चुनाबको बेला कांग्रेसलाई क्षति हुने अनुमान विश्लेषकहरुले गरेका छन् ।