काठमाडौँ    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भारतले थप गाडी नेपाल सरकारलाई उपलब्ध गराएको छ।

बिहीबार भारतले २२० पिकअप र नेपाली सेनाका लागि ५० वटा ट्रक उपलब्ध गराएको हो। नेपालका लागि भारतका राजदूत नविन श्रीवास्थवले गृहमन्त्री ओमप्रकाश अर्याललाई गाडी हस्तान्तरण गरेका छन्।

नेपाल सरकारको अनुरोधमा भारतले निर्वाचनको तयारीका लागि उपहार स्वरुप ६५० वटा सवारी साधन उपलब्ध गराउनेछ। उक्त सहमति बमोजिम यस अघि ३१० वटा सवारी साधन नेपाललाई उपलब्ध गराइसकेको छ।

पहिलो चरणमा माघ ६ गते ६० वटा, दोस्रो चरणमा माघ १५ गते २५० वटा र आज तेस्रो चरणमा २७० वटा सवारी साधन उपलब्ध गराएको भारतीय राजदूतावासले जनाएको छ।