जनकपुरधामका वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन

Byदूधमती साप्ताहिक

५ जेष्ठ २०७८, बुधबार १२:०९ ५ जेष्ठ २०७८, बुधबार १२:०९ ५ जेष्ठ २०७८, बुधबार १२:०९

सुजीतकुमार झा
जनकपुरधाम
जनकपुरधामाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको आज विहान निधन भएको छ । ६३ वर्षीय पत्रकार घिमिरेको क्यान्सर रोगका कारण काठमाण्डौमा निधन भएको हो।
महोत्तरीको हतिसर्वामा २०१४ जेठ १४ गते जन्मनु भएका घिमिरेले २०३२ सालबाट जनकपुरधामबाट पत्रकारिता आरम्भ गर्नुभयो। त्यो बेला उहांले जनकपुरबाट कुलदिपप्रसाद कुमुदको प्रकाशन÷ सम्पादन्को ज्योति साप्ताहिक र काठ्माण्डौबाट प्रकशित हुने मातृभि र समिक्षा साप्ताहिकबाट पत्रकारिता आरम्भ गर्नु भएको हो। पछि उहाँले २०३८ सालबाट आफ्नै प्रकाशन÷ सम्पादनमा “हिमज्योति साप्ताहिक“ प्रकाशनमा ल्याउनुभयो। जसको प्रकाशन अहिलेसम्म निरन्तर जारी छ।
वरिष्ठ पत्रकार घिमिरे बाम विचारधाराको हुन्हुन्थ्यो भने पञ्चायति ब्यवस्थाको घोर बिरोधी पनि। पञ्चायत ब्यवस्थाको बिरोधमा उहांले लेखेको समाचार समीक्षा÷ मातृभूमि साप्ताहिकमा प्रकाशित भएपछि २०३५ सालमा पञ्चे शीर्षकले पक्राउ गरेर राजकाज मुद्धा चलायो उहांलाई मार्नेसम्मको योजना बनायो तर, उहाँ धन्न मृत्युको मुखबाट बाँचेर आउनुभयो । २०४६ सालमा प्रजातन्त्रको पुनर्वाहालीको लागि भएको आन्दोलनमा घिमिरे गान्धिवादी नेता महेन्द्रनारायण निधि, काँग्रेसकी नेतृ लिला कोईरालासंगै थुनामा पर्नु भयो। प्रजातन्त्रका लागि उहाँको योगदानलाई सम्मान गर्दै नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलेसमेत घिमिरेलाई सम्मानित गर्नुभएको थियो। ३० वर्षभन्दा बढि पत्रकारिता गरेको भन्दै नेपाल पत्रकार महासंघ धनुषालेसमेत उहाँलाई सम्मान गरिसकेको छ ।
स्व. घिमिरेको श्रीमति र दूई छोरी रहेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update