प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु

Byदूधमती साप्ताहिक

२६ बैशाख २०७८, आईतवार १३:५७ २६ बैशाख २०७८, आईतवार १३:५७ २६ बैशाख २०७८, आईतवार १३:५७

सुजीतकुमार झा
जनकपुरधाम
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगञ्जका ४५ वर्षीय पुरुषका उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिएका छन ।
अक्सिजनको सपोर्टमा उपचार भइरहेका तीनै जनाको श्वासप्रश्वासमा समस्या रहेको थियो । ४२ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरेपनि उनको मृत्यु भएकोे बताइएको छ । अहिले प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा अहिले ३२ जना संक्रमितको उपचार भइरहेको छ । पाइपलाइनबाट अक्सिजन दिन सक्ने गरी कोभिड अस्पतालले ४१ वटा बेड तयारी अवस्थामा राखेको छ । धनुषामा तीनजनाको मृत्यु सहित यो महिना ८ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नु होस्

corona

corona update