सुजीतकुमार झा
जनकपुरधाम
जनकपुरधाममा कयौ घरमा ज्वरोका विरामी देख्न थालिएपछि क्लोथ बैंक जनकपुरधामले घर–घरमै गएर चेकजाँच कार्यक्रम शुरु गरेको छ । यसका लागि एकजना स्वास्थ्यकर्मी पनि राखेको छ । ती स्वास्थ्यकर्मीले घरमै पुगी अक्सिजन लेबल, ज्वरो चेक गर्ने क्लोथ बैंकका अध्यक्ष राजिव झाले वताए ।
समाजिक क्षेत्रमा राम्रो कार्य गरिरहेका संस्थामा क्लोथ बैंकको पनि नाउँ रहेको छ ।
घरमा पुग्ने स्वास्थ्यकर्मीको मास्क,सेनिटाजर,ग्लब्स पीपी कीट बापत एक हजार सहयोग लिने निर्णय गरेको छ ।
स्वास्थ्यकर्मीको मोबाइल नम्बर पनि क्लोथ र्बैकले आज जारी गरेको छ । स्वास्थ्यकर्मीको नाउँ मनोज पण्डित र मोबाइल नम्बर ९८१२०१८४९१ रहेको छ ।
क्लोथ बैंक गरीबहरुका लागि निशुल्क कपडा, कम्बल वितरण गर्नुका साथै गत एक वर्षदेखि कोबिड विरामीहरुका लागि निःशुल्क अक्सीजन सिलण्डर दिदै आएको छ । अक्सिजन सिलिण्डरका कारण दर्जनो कोबिड विरामी लाभन्वित भएका छन ।

यो पनि पढ्नु होस्

corona

corona update