सुजीतकुमार झा
जनकपुरधाम
जनकपुरधाम उद्योग बाणिज्य संघले कोबिडका कारण बजार बन्द रहेको अवधीको पसल, सटर र गोदामको भाँडा मिनाहा गराउने पहल शुरु गरेको छ । यसका लागि संघले विज्ञप्ति समेत जारी गरेको छ । संघका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज कुमार साहद्वारा जारी विज्ञप्तीमा सो अवधी भरको वैंक तथा वितिय संस्थाको ब्याज मिनाहा गर्न लगाउने समेत उल्लेख छ ।
यसअघि व्यपार संघका विज्ञप्तिहरुमा तस्करले माल समाउँदा छोडाउन मात्रै दबाब दिदै आएका थिए ।
अति आवश्यक प्रकृतीका पसलहरु सुरक्षा सतर्कता सहित खोल्न वातावरण बनाउने, जनकपुरधाम प्रादेशिक अस्पतालमा अपुग रहेको दरबन्दी अतिसिघ्र पदपुर्ती गर्न गराउन दबाद दिने, मनिपाल अस्पताललाई विलम्व नगरि तुरन्त कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउनु पर्ने र प्रदेश सरकारले स्वास्थ्य संकटकाल घोषणा गरि निजि अस्पतालको केहि भागमा कोभिड सेवा सुरु गर्न गराउन पहलकदमी लिनु पर्ने विज्ञप्तीमा उल्लेख छ ।

व्यापार संघको यो पहलको व्यापारीहरुले स्वागत गरेका छन । कतिले विज्ञप्तिका अतिरिक्त सरकार र घर भाडेदार माथि दबाब बढाउन व्यापारी नेताहरुलाई आग्रह गरेका छन ।

यो पनि पढ्नु होस्

corona

corona update