सुजीतकुमार झा
जनकपुरधाम
जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोबिडको कारण आज मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । त्यही कोबिडको जाँचपनि गरिएको थियो । गत तिन दिनदेखि भेनिटलेटरमा साह रहेका थिए । ५८ वर्षिय साह आज डेढ बजे निधन भएको छ । शुरुमा जनकपुरधामको काव्या अस्पतालमा उपचार गरिएको थियो पछि हेलिकप्टरद्वारा उपचारका लागि काठमाडौ लगिएको थियो । जनकपुरधामको भानु चोक स्थित नेपाल एग्रो सेन्टरका सञ्चालक रहेका थिए । नेपालकै नाम चलेका एग्रो व्यापारीको रुपमा पहिचान बनाएका थिए ।
साहको श्रीमति, दूई छोरा र छोरी रहेको छ ।
धनुषामा यसपाली अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नु होस्

corona

corona update