कोविडबाट प्रभावित धनुषाका दर्जनो परिवार फर्सी खेती तर्फ अग्रसर

Byदूधमती साप्ताहिक

२२ बैशाख २०७८, बुधबार ०८:२९ २२ बैशाख २०७८, बुधबार ०८:२९ २२ बैशाख २०७८, बुधबार ०८:२९

सुजीतकुमार झा
जनकपुरधाम
कोविडबाट प्रभावित भएका धनुषा जिल्लाका दर्जनो परिवार अहिले फर्सी खेती तर्फ अग्रसर भएका छन । कोविडका कारण आर्थिक रुपले समस्यामा रहेका ती परिवारलाई फर्सी खेतीले समस्याबाट उकास्न सहयोग गरिरहेको छ ।
तरकारीवाली नगदीवाली भएकाले आर्थिक समस्या समाधानमा सहयोग पुग्ने भएकाले महिलाहरु यसलाई प्राथमिकता दिएका छन । युएनडिपीको सहयोगमा सिआइसी जनकपुरधामले ती महिलालाई सहयोग गरिरहेको छ । जग्गा उपलब्ध गराउनुका साथै बिउ खाद्य समेत उपलब्ध गराइरहेको सिआइसी जनकपुरधामका अध्यक्ष संजय साहले बताए ।

फर्सी नेपालमा ग्रीष्म–वर्षा मौसममा खेती गरिने प्रचलित तरकारी बाली हो । अरू तरकारी बालीको तुलनामा फर्सीमा उत्पादन क्षमता, पौष्टिक तत्वहरू, भण्डारण क्षमता र ढुवानी खप्न सक्ने क्षमता बढी हुनुका कारणले यसको खेती प्रचलित हुन सकेको हो । यसका हरिया र पाकेका दुवैथरी फलको तरकारी बनाएर खाइन्छ । यसका लहराका कलिला मुन्टा र पातको पनि तरकारी बनाइन्छ ।
महिला किसान रामकुमारी यादवले घरमै बसेर जसोतसो परिवार चलिरहेको थियो तर फर्सी खेती पछि जिवनमा पनि परिवर्तन आएको वताए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा ६० परिवार मिलेर साढे चार विग्हा जग्गामा फर्सी खेती गरेका छन । सबै मिलेर आम्दानी पनि गरिरहेको र रोजगारी पाएको महिला किसान अमिरती देवी दासले बताए ।
पाकेको फर्सीमा भिटामिन ‘ए’ पाईन्छ । यसको धेरै औषधीय महत्व पनि छ । नेपालका सबै जिल्लाहरूमा यसको खेती गरिन्छ ।
ढुवानी तथा भण्डारका लागि फूल लागेको एक महिनामा टिप्नु पर्दछ । सांसद रामअशिष यादवले जसलाई रोजगार थिएनन उसलाई आफनै घर पछाडी रोजगार पाएको बताए ।
कृषि क्षेत्रलाई प्रदेश २ सरकारले पनि महत्वका साथ लिएका छन । प्रदेश २ का निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आर्थिक समाजिक रुपान्तरणका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक रहेको बताए । फर्सीको बजारमा पनि अत्यधिक मांग रहेको छ । यसै मांगलाई हेरी फर्सी खेती तर्फ धनुषाका किसानहरु आकर्षित भएका छन । बजार खोज्नै पर्दैनन खेतमै आएर व्यापारीहरु फर्सी किन्न थाल्छन सिआइसीका अध्यक्ष साहले बताए । गरीबी समाप्त पार्न नगदेवालीमा जोड दिनुपर्छ सांसद यादवको सुझाब रहेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update