सुजीतकुमार झा
जनकपुरधाम
धनुषा जिल्लामा तरबुज खेती तर्फ महिला किसानहरु आकर्षित भएका छन । दर्जनो महिला तरबुज खेती गरी आफनो घर परिवार चलाइ रहेका छन ।
तराईमा केही समय यता बढेको चर्को गर्मी पछि बजारमा तरबुजाको मांग बढेको हो ।
तरबुजाको मांग बढेको कारणले यस खेती गर्ने तर्फ किसानहरु निकै आकर्षित हुन थालेका छन । धनुषाका विभिन्न गाविसमा अहिले तरबुजा खेती हुने गरिएको छ । अहिले जनकपुरका तरबुजा २०– २५ रुपैया प्रति किलो बिक्री हुने गरेको छ । वैशाख, जेठमा तराई क्षेत्रमा निकै गर्मी हुने भएकाले बगर वरपरका किसानहरु गर्मीमा धेरै बिक्रि हुने तरबुजा खेतीलाई प्राथमिकता दिने गरेका छन । महिला किसान लखनी देवी मुखियाले तरबुज खेतीको आफूहरुको पहिलो अनुभव रहेको छ, यस्ता खेतीबाट पनि परिवारको गुजारा चलाउन सकिन्छ बताइन ।
कोविड १९ का कारण दर्जनो परिवार पीडित भएका थिए । यही कारण वैदेशिक रोजगारमा रहेकाहरु घर फर्किन बाध्य भएका थिए । ति परिवारहरुलाई युएनडिपीको सहयोगमा सिआइसी जनकपुरधामले तरबुज खेती गराएको छ । धनुषाको गणेशनाथचारनाथ नगरपालिकामा गराएको यो खेती प्रभावकारी भइरहेको सिआइसी जनकपुरधामका अध्यक्ष संजय साहले बताए ।
सो नगरपालिकामा १० विगहा जग्गामा तरबुज खेती गरिएको छ । ती जमीनमा खेत ीगर्नेहरु महिलाहरु नै छन । ८० परिवारमा यसमा लागेका छन ।

धनुषामा प्रत्येक वर्ष किसानहरुले
जिल्ला भर बर्षेनी एक हजार २५ हेक्टर क्षेत्रफलबाट २० हजार ५ सय मेट्रिक टन तरबुजा उत्पादन हुदै आएको छ।
यहाँबाट उत्पादित तरबुजा काकडभिट्टा, पोखरा, काठमाडौ, नारायणघाट तथा भारतसम्म विक्रीको लागि जाने गरेको किसानहरुले नदी किनाराको जग्गा ठेक्का लिएर यसको खेतीगर्ने गरेका छन् ।
सांसद रामअशिष यादवले एकातिर महिलाहरु आत्मनिर्भर भइरहेको छ भने अर्को तर्फ बगरमा खेती गर्दा जमीनको पनि उपयोग हुने गरेको बताए । नदी किनाराको जग्गा ठेक्का लिएर यसको खेती गर्ने किसानको संख्या पनि बढ्दै गएको छ।
प्रदेश २ सरकारको पनि कृषिमा जोड दिने योजना रहेको छ यसै तहत कार्य गरिरहेको छ । प्रदेश २ का निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले कृषिमा आत्मनिर्भरले मात्रै प्रदेश २ बनाउन सकिन्छ फेरी यसले जमीनको पनि उपयोग हुने गरेको बताए ।

यो पनि पढ्नु होस्

corona

corona update