सुजीतकुमार झा
जनकपुरधाम
मिथिला चित्रकला बनाउने र सिक्नेतर्फ जनकपुरधामका महिलाहरु आकर्षित हुन थालेको बेला आर्ट ग्यालरीको निर्माण कार्य शुरु गरिएको छ । जनकपुरधामको कनकपट्टीमा सांसद रामअशिष यादव र मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक सल्लाहकार भगवान झाले शिलान्यास गर्नु भएको छ ।
दर्जनो महिलाको जिविकाको माध्यम अहिले मिथिला चित्रकला बनेको छ यसमा लागेकाहरु बेरोजगार नहुने भएकाले पनि यसतर्फ महिलाहरु सक्रिय भएको भएको बेला आर्ट ग्यालरी निर्माण शुरु गरिएको सांसद रामअशिष यादवले वताए ।
मिथिला चित्रकलाको जनकपुरधाम क्षेत्रमा निक्कै महत्व रहेको छ । मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी सहित प्रदेश १ र २ को विभिन्न जिल्लाहरूमा बोल्ने गरिन्छ । यही भाषाभाषीहरुका बिचमा पाइने कलालाई मिथिला लोककला भनिन्छ । लोककला लोक–कला मिलेर बनेको छ । लोकको अर्थ –गाँउसहरमा फैलिएको त्यो विशाल जनसमुदाय सँग सम्बन्धित छ, जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर रुपले चलिरहेको व्यवहार सित सम्बन्धित छ ।
मैथिली लोक चित्रकलाको परम्पराको इतिहास कम्तिमा पनि पाँच हजार बर्ष पुरानो रहेको सांस्कृतिक विज्ञहरुको कथन रहेको छ । मिथिलाञ्चलको सांस्कृतिक धरोहरलाई समय सयममा विश्वस्तरमा प्रतिस्थापित गर्न समेत प्रयत्नहरु नभएको होइन । जसमा मिथिलाको कला साहित्य तथा सांकृतिक गढको रुपमा ख्याति प्राप्त भएको छ । जानकारहरु भन्छन यस भेगका कला संस्कृति मिथिला चित्रबाट झल्काउने गर्दछ । अब त्यसको विस्तार अन्य देशमा समेत हुन थालेको छ ।
जानकी जन्म प्रसंगदेखि मिथिलाको जीबन यसमा बनाउने गरिएको छ । मिथिला लोक–चित्रकलामा विद्यमान आदिम तत्वहरु भनेको सरल वक्र दुई चार ठाडा तेर्सा समान्तर आदि रेखाहरुबाट त्रिकोण, वृत, चक्र भएका प्रारम्भिक अतिरिक्त अनेक ऐतिहासिक तथा वैदिक कालिन औपनिषदि तथा उत्तर मध्यकालिन तत्वहरु पाइन्छ । मिथिला आर्ट ग्यालरी ५ करोडका लागतमा निर्माण शुरु गरिएको मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक सल्लाहकार भगवान झाले बताए । यसमा सुब्बाजी पोखरीको सौन्दर्यीकरण, विवाहमण्डप निर्माण, वाल उद्यानको पनि निर्माण गरिने छ ।
प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको मिथिला आर्ट ग्यालरीमा सिख्नेदेखि बिक्रकक्षसम्म राखिने तैयारी भइरहेको छ ।

मिथिला चित्रकलाको चर्चा
मिथिला लोक चित्रकलामा अनुसन्धान गरेका जीतबहादुर रायमाझी लेख्छन – आधुनिक वैज्ञानिक आधारमा खोजी गर्दा सिन्धु घाटी सभ्यता माथि आर्यहरुले कब्जा गरेपछि आर्यसभ्यताको स्थापना र विस्तारकै प्रक्रियामा मिथिलाको स्थापनाकालमा उदाहरणहरु मोहन जोडदा हडप्या माटाका भाडाका अवशेषहरुमा पाइएका अंकित चित्रहरु र मिथिलाका झुपडिका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्तीको चित्र, पिपलको पात, दुई पट्टि सम्मुख चरा वा पशुको अंकित चित्र आदिसंग तुलना गर्न सकिन्छ ।यस कलामा खाशगरी घरबाट बनाइएको समानहरु को प्रयोग गरिन्छ ।
यसै परम्पराबाट विकसित हुदै लोकचित्रकला केही आधुनिक स्वरुप ग्रहण गरेको छ । जसलाई मिथिला चित्रकला भनिन्छ । पहिलेको स्वरुपमा रहेको कलालाई अरिपन भनिन्छ, जो मिथिलाको पावन तिहारमा प्रयोग गरिन्छ ।
मिथिला कलाको यसको छुट्टै मौलिकता छ । मानवीय अनुभुति यर्थात रुपचित्र यस शैली अन्तर्गत पर्दछन । प्रतीकात्मक र सांकेतिक विम्बहरुकै समष्टि मिलन रेखाबाट यस लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्दछ । भनिन्छ मिथिला कला नै यहाँका जीवनशैलीका यर्थात नमूना हुन । यसको मौलिक विषेशता र जिवित परिपाटी हो । महिला शिल्पीहरुका अनुसार यसको कथा बुझेको छ र हात बसिसकेको छ भने एउटा कृति एकै दिनमा तयार हुन्छ । कलाकारमा लामो साधना अध्ययन वा कलाकारीतामा गहिराई पनि हुनु जरुरी छैन । तर यस्ता चित्रहरु त्यहा प्रत्येक अनिवार्य मानिन्छ । मिथिला चित्रकलासंग जुडेका प्रदेश २ मा एकहजार कलाकार रहेका छन । केहीले मात्रै अवसर पाएका छन अधिकांश कलाकार बेरोजगार रहेको वरिष्ठ कलाकार निर्मला झा बताउँछिन ।

यो पनि पढ्नु होस्

corona

corona update