प्रदेश २ सरकारले स्मरण गराए ‘रोम जलिरहँदा राजा निरो भने बाँसुरी बजाइरहेका थिए’

Byदूधमती साप्ताहिक

१५ बैशाख २०७८, बुधबार १०:१० १५ बैशाख २०७८, बुधबार १०:१० १५ बैशाख २०७८, बुधबार १०:१०

सुजीतकुमार झा
जनकपुरधाम
रोममा एक जना राजा थिए, निरो । उनी बाँसुरीका सोखिन थिए । सम्पूर्ण रोम जलिरहँदा राजा निरो भने बाँसुरी बजाइरहेका थिए । प्रदेश २ को अवस्था यही भएको छ ।
बिश्वब्यापी रूपमा फैलिएको कोरोना महामारी को प्रकोप नेपालमा पनि त्यतिकै भयावह रहेको परिस्थितिमा अक्सिजन, भेन्टिलेटर, आदि खरिद गर्ने, उद्योग ब्यबसाय हरु धरायसी हुँदै गइरहेको अबस्थामा त्यसको लागि ठोस प्याकेज ल्याउनु को साटो उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नम्बर २ सरकारले झाइल, हार्मोनियम, मादल, ढोलक लगायतका सामग्रीहरू बितरण गर्दैछ ।
कोरोना महामारीले विकराल रुप लिए पनि प्रदेश सरकारले यसको रोकथाम एवं नियन्त्रणका लागि खासै पहल नगरे पनि धार्मिक संघसंस्थाहरूलाई हार्मोनियम, मादललगायतका सामग्रीहरु बाँड्न पहल सुरु गरेको हो ।

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले धार्मिक संघसंस्थाहरूलाई वस्तुगत सहयोगका लागि लाभग्राही छनोटसम्बन्धी ७ दिने सूचना प्रकाशन गरेको देखिएको छ ।

प्रदेशका जनताहरु कोरोना महामारीको चपेटामा परिरहेको अवस्थालाई कुनै ख्याल नै नगरी यस्तो समयमा पनि सो मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रम अनुसार धार्मिक संघसंस्था, मठमन्दिर, किर्तनमण्डली, नाट्यकला समूह, गायन मण्डली, नृत्य समूहहरूलाई हार्मोनियम, मादल, झ्यालीलगायतका सामग्रीहरु वस्तुगत सहयोग गर्न लागेको छ ।
प्रदेश सरकारको यो हास्यास्पद , अनुत्पादक , जनताको हितबिपरित को निर्णय रहेको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले आरोप लगाएका छन ।
अहिले प्रदेश सरकारको हार्मेनियम वितरण अभियानलाई समाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । सयौ व्यक्तिले टिप्पणी गरेका छन ।
समाजिक सञ्जालमा आलोक चौधरीले व्यंग्य गरेका छन ‘किर्तन गरेरै कोरोना भगाउन सकिन्छ रे ?’
चेम्बर अफ कर्मश जनकपुरका अध्यक्ष विजय साहले लेखेका छन ‘यो कमिसन खोर सरकारसंग के आशा गर्न सकिन्छ,जनता को आस मात्र अब जनकी माता संग मात्र छ,आफु बाचौ,अरुलाई बचाउ ।’ ‘जय मधेश भन्नु करोना आफै ठिक भै हाल्छ,’ उनले व्यंग्य गरेका छन ।
नेपाली कांग्रेसका युवा नेता प्रमोद चौधरीले दूखित शैलीमा लेखेका छन ‘आफनै कपाल नोच्ने ईच्छा भइरहेको छ ।’
उद्योग वाणिज्य, वन तथा पर्यटन मन्त्री रामनरेश राय राजनीतिमा आउनु भन्दा पूर्व नाचपार्टीमा सक्रिय थिए । दर्जनो व्यक्तिले मन्त्रीसंग नाचपार्टी जोडेर आलोचना गरेका छन । चिकित्सक डा. सज्जन ठाकुर लेख्छन ‘ड्रामा कम्पनीबाट अरु के अपेक्षा गर्ने । झाल बजाउने ढोलक बजाउने बाहेकको यो सरकार केही गर्न सक्दैन ।’
कपिलदेव यादव लेख्छन ‘अहिले को परस्थितिमा अक्सिजन, मेडिसिन लगाइत कोरोना भाइरसबाट जनता लाई बचाउन को निम्ति लाग्नु पर्ने समय मा मन्त्रीले झाइल , हर्मोनिया, ढोलक बितरण मा लागेकाछन ….सोच आफ्नो–आफ्नो तर ओहियात ।’
जसपाकै युवा नेता अरुण झाले नचनिया मन्त्रीले यस्तै कार्य गर्छन भनेर सरकारको आलोचना गरेका छन । उनले लेखेका छन ‘मधेशी जनताको रगतबाट बनेको सरकारका प्रतिनिधिहरु जनताको काम गर्नु भन्दा आफना गोजी भर्नामा व्यस्त देखिएका छन ।’

यो पनि पढ्नु होस्

corona

corona update