सुजीतकुमार झा
जनकपुरधाम, चैत २८ ।
मैथिली विकास कोषको आयोजनामा एकदिवसीय कथा गोष्ठी शनिवार सम्पन्न भएको छ । जनपुरधाममा आयोजित मैथिली भाषाको सो गोष्ठीमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै नेपाल संगीत तथा ललितकला प्रतिष्ठानका पूर्व प्राज्ञ एवं मैथिलीका वरिष्ठ कथाकार रमेशरञ्जन झाले विद्यार्थीहरुलाई मैथिली साहित्य तर्फ जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने वताए । नयाँ लेखक यसैबाट निर्माण हुने उनको कथन रहेको थियो ।
नेपालमा मैथिली कथा लेखन कम भइरहेको चर्चा गर्दै पूर्व प्राज्ञ झाले भने यस्ता गोष्ठीले कथा लेखनमा तीब्रता आउने छ ।
सो कथा गोष्ठीमा महेन्द्रकुमार मिश्र, विनोद चन्द्र, रोशन जनकपुरी, रमेशरञ्जन झा, सुजीतकुमार झा, रामभरत साह, पुनम झा मैथिली, राजेन्द्र ललन, नरेश ठाकुर, सपना कर्ण, प्रियंका मिश्र, आदित्य राउत लगायतले कथा बाचन गरेका थिए ।
पठित कथामाथि टिप्पणी गर्दै समीक्षक रामचन्द्र झा रमणले कथा लेखनमा विविध आयामहरु जुनरुपमा आइरहेको छ यो उपलब्धि रहेको चर्चा गरे । उनले भने कथ्यको दायरा बढनुपर्छ र शिल्पको माध्यमे पाठकलाई पढु–पढु जस्तो बनाउनु पर्छ ।
अर्का समीक्षक रोशन जनकपुरीले नयाँ कथा लेखकका लागि टिप्स दिए । समाजमा घटेका घटनाका अतिरिक्त दैनिक व्यवहारका कुरोहरु कथाका कथ्य रहेको बुझनुपर्छ बताउँदै उनले भने आफनो लेखन कलाद्वारा राम्रो आकार दिनुपर्छ ।
जनता समाजवादी पार्टीका नेता इन्द्रकुमार मधेशानन्दले कथालाई आधुनिक बनाउन स्वरुप बिदल्नु हुँदैन बताए । बच्चामा धेरैले आफना हजुर बुबा, हजुर आमाबाट कथाहरु सुन्ने गर्छन तर आधुनिक कथामा त्यो शैली नदेखेको एउटा पाठक र श्रोताको रुपमा आफूलाई जहिलेपनि लागि रहेको वताए ।
समारोहमा स्वागत भाषण सपना कर्णले दिएका थिए ।

यो पनि पढ्नु होस्

corona

corona update