काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत शुक्रबार २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा १३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।