काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा २ जनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् ।

राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । उता श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई भने सत्तारुढ दल रास्वपाले पनि समर्थन गरेको छ ।

राप्रपाकी लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरि छन् । श्रम संस्कृतिकी रुबीको प्रस्तावक पार्टीका सांसद आरेन राई छन् भने रास्वपाका सांसद अशोककुमार चौधरीले समर्थन गरेका छन् ।

उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने लगभग निश्चितजस्तै छ । सत्तारुढ दल रास्वपासँग एक्लै झन्डै दुई तिहाइ मत छ ।