जनकपुरधाम । विश्व शान्ति र पर्यावरण संरक्षणको संदेश सहित भारतको सुपौलवाट साइकल लिएर चारजना पर्यावरण अभियानी जनकपुरधाम आएका छन् ।
जन जागरण गर्ने उदेश्य सहित ट्री मैन रामप्रकाश रविको नेतृत्वमा भारत बिहारको सुपौलबाट सो अभियान शुरु भएको छ । रामप्रकाश रविका अतिरिक्त हलधर कुमार, चन्दन कुमार र कृष्ण कुमार रहेका छन् साइकलबाट आएका पर्यावरण अभियानीहरुलाई मधेश प्रदेशका सभामुख रामअशिष यादव र पर्यावरण अयिानी सुरेश शर्मा सहितले जनकपुरधामको जानकी मन्दिरमा स्वागत गरेका छन् । सो अवसरमा बोल्दै सभामुख यादवले पर्यावरण संरक्षण आजको मुख्य चुनौती रहेको बताउनुभयो । यसका लागि नेपाल र भारत दूबै तर्फका पर्यावरण अभियानीले मिलेर विशेष अभियानी चलाउनु पर्ने आवश्यकता माथि जोड दिनु भएको छ ।
साइकलबाट आएका ती अभियानीहरु कोशीसम्म पुगेर फेरी भारत फर्किने छन् । उहाँहरुले अभियानको क्रममा ठाउँठाउँ बृक्षारोपणको महत्व, वृक्ष बचाउने र पर्यावरण आइपरेको संकट समाधानका उपाय सम्बन्धमा आ आफना धारणा राखेका छन् । ट्री मैन रामप्रकाश रवि बाटोमा हाम्रो अभियानलाई सबैले सघाउने बचन दिएको बताए ।
बाटोभरी उहाँहरुलाई स्वागत गरिएको छ । जनकपुरधामको जानकी मन्दिरमा दोसल्ला, फूलको माला लगाइएको थियो ।
पृथ्वीमा भएका अनेकौं तत्वहरूमध्ये कुनै एकको घटी वा बढीले अरुलाई समेत प्रभाव पार्दछ । अझ भन्ने हो भने अन्य प्राणी वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्न चिह्न खडा गर्न सक्दछ । त्यसकारण पृथ्वीमा भएका विविध तत्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको वचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित हुन्छन् ।
समारोहमा पर्यावरण अभियानी सुरेश शर्माले वर्तमान समयमा वातावरण वा पर्यावरणलाई अति महत्वका साथ हेर्नुपर्ने हुन्छ । विश्वमा हरेक देशका योजनाकार र नीति निर्माताहरू पर्यावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेरमात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा पुगेको बताउनुभयो । अभियानीहरुद्वारा यसप्रकार अभियानले पर्यावरण जोगाउन बल पुग्ने उहाँको कथन थियो ।
साइकल यात्राको रुट
दूर्गा मंदिर डहरिया, सुपौल – छातापुर – भीमपुर – सिमराही – भपटियाही – सरायगढ़ – औराहा – नरहिया – लौकही – लौकहा – बेल्ही वेस्ट-कमला घाट नेपाल -इनर्वा – बलहा कठाल – बलहा सघारा – माचिझिटकैया – जोगियारापुल – औरही – परवाहा चौक – देउरी परवाहा – जनकपुरधाम ।
जनकपुरधाम – ठेरा कचुरी -धनुषाधाम – धारापानी – भरतपुर बिरेन्द्र बजार -कर्जन्हा – रामपुर बिर्ता – मिर्चैया – असनपुर – अयोध्यानगर – कुशाहा – कल्याणपुर – रूपनी – सितापुर – कंचनरूप – कंकालिनी मंदिर -कोशीबराज – भारत भीमनगर – बीरपुर – बलुआ – भीमपुर – छातापुर – पुनः दूर्गा मंदिर डहरिया ।