Home / Tag Archives: निर्वाचन आयोग

Tag Archives: निर्वाचन आयोग

राष्ट्रपति निर्वाचन २९ गते, २३ गते उम्मेदवारी दिनु पर्ने

दूधमती समाचारदाता काठमाडौ, फागुन १० । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो ।आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, …

Read More »

समानुपातिक नतिजा फागुन ५ मा : नयाँ प्रधानमन्त्री दोस्रो साता

दूधमती समाचारदाता काठमाडौ, माघ २२ । निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभा निर्वाचनको नजिता भोलिपल्टै सार्वजनिक गरी प्रतिनिधिसभा समानुपातिकको नजिता ‘छोटो विधि’ अपनाएर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ। राष्ट्रियसभा चुनाव नभई प्रतिनिधिसभा समानुपातिकतर्फको नजिता सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले ६० दिनदेखि नजिता रोकेर राखेको छ। आयोगले प्रतिनिधिसभा नजिता ढिलोमा फागुन ५ …

Read More »

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

दूधमती समाचारदाता काठमाडौ, माघ ३ । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि माघ ७ गते …

Read More »

राष्ट्रिय सभाका उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने

दूधमती समाचारदाता काठमाडौ, माघ १ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ। आयोगको आइतबारको बैठकले उम्मेदवारहरुले निर्वाचनको प्रचार प्रचारको क्रममा खर्च गर्ने पाउने अधिकतम सीमा तोकेको हो। निर्वाचन आयोग ऐन २०७३ को दफा २४ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४ को दफा ६४ …

Read More »

राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा कार्यालय स्थापना, प्रदेश २ को कार्यालय जनकपुरमा

दूधमती समाचारदाता जनकपुरधाम, पुस २९ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।   उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यसैगरी प्रदेश …

Read More »

बन्दसूचीको क्रम मिचेर नाम सिफारिस

दूधमती समाचारदाता काठमाडौ, पुस १६ । राजनीतिक दलहरूले प्रदेशसभा समानुपातिकतर्फ सांसद हुने व्यक्तिहरूको नाम क्रम संख्या मिचेर निर्वाचन आयोगमा बुझाएका छन् । प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फ पाएको सिट संख्या आधारमा दलहरूले बन्दसूचीभित्रबाट अन्तिम नाम छान्दा क्रम  मिचेका हुन् । आफन्त, नातागोता र नजिकका व्यक्तिलाई प्राथमिकता दिँदा ठूला दललेसमेत क्रम संख्या मिचेर …

Read More »

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च

दूधमती समाचारदाता काठमाडौ, पुस ७ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सरकारले करिब २० अर्ब रुपैयाँ खर्च गरेको छ। मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनका लागि सरकारले गृह मन्त्रालय, निर्वाचन आयोग र अन्य सरकारी निकायमार्फत १९ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ खर्च गरेको अर्थ सचिव शंकरप्रसाद …

Read More »

७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, एमाले र कांग्रेसको मतान्तर ५० हजार

दूधमती समाचारदाता काठमाडौ, पुस १ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।  शनिबार आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सुनसरी र सर्लाहीका केही निर्वाचनमा गणना …

Read More »

मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल प्रत्यक्षतर्फ माओवादी दोस्रो, राजपा चौथो स्थानमा

दूधमती समाचारदाता जनकपुरधाम, मंसिर २७ । देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ ।   मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको …

Read More »

आठ दिनभित्रै सबै मतपरिणाम, यसरी मिलाइएको छ व्यवस्था

दूधमती समाचारदाता काठमाडौ, मंसिर २० । निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ । मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद …

Read More »
Facebook Auto Publish Powered By : XYZScripts.com