Home / समाचार / मेयर लालकिशोरको टोल मोहल्ला घुम्ने अभियान, समस्या समाधान गर्न वा चिया खान

मेयर लालकिशोरको टोल मोहल्ला घुम्ने अभियान, समस्या समाधान गर्न वा चिया खान

दूधमती समाचारदाता
जनकपुरधाम, असोज १३ ।
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख लालकिशोर साह केही दिनदेखि टोल मोहल्ला घुम्ने अभियान शुरु गर्नु भएको छ । केही वडाध्यक्ष, केही सदस्य र केही आफ्ना समर्थक लिएर अभियान शुरु गर्नु भएका प्रमुख साहको अभियान समस्या समाधान भन्दा चिया खानमै बित्ने गरेको देखिएको छ ।


जुन टोलमा जानु हुन्छ एक दुई जनाको घरमा चिया खानु बाहेक केही नगरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् । नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले मेयर साह घुमेको टोलमा कुनै समस्या अहिलेसम्म समाधान भएको छैन बताउनुभयो ।
सरहन्चिया कुट्टीभन्दा दक्षिण सरस्वती नगर जाने बाटोमा सडक मरम्मत गराई दिने आश्वासन दिएको एक साता हुन लाग्दा पनि केही प्रगति भएको छैन । सो बाटोमा स्काइभेटरले ५÷६ घण्टा काम गर्दा समस्या समाधान हुने आफै स्थानीयवासीसंग भेटेर भनेका थिए । तर समस्या ज्युँका त्युँ रहेको छ । पूर्व प्रमुख जिल्ला अधिकारी रामरतन मिश्रको घर जाने बाटोमा नाला पटक पटक जाम हुने गरेकोले एउटा च्याम्बर बनाई दिने आश्वासन दिएर मेयर साह गएका थिए । तर केही हुन सकेको छैन । सरस्वती नगरमा पार्क बनाउन माटो पुर्न पनि वडाध्यक्षलाई भनेर मेयर साह गएका थिए तर कुनै काम अगाडी बढेको छैन ।


स्थानीयवासीलाई देखाउन कर्मचारीलाई आफू घुम्ने स्थानमा बोलाउने गर्छन तर ती कर्मचारीले भोली नै काम गराई दिने आश्वासन समेत दिने गर्छन् तर टोल मोहल्लामा कुनै समस्या समाधान भएको छैन ।
नगर प्रमुख लालकिशोर साहसंग स्थानीयवासीको असन्तुष्टि बढेपछि सो असन्तुष्टि हटाउन केही विज्ञहरुकै सल्लाहमा टोल मोहल्ला घुम्ने अभियान शुरु गर्नु भएको छ । तर काम नभएकाले जनतामा झन निराशा छाएको छ ।
तरुण दलका नेता साहले यस्तै मेयर साह घुमि रह्नु हुन्छ र ५ वर्ष कटि हाल्छ काम शुन्य हुन्छ आरोप लगाउनुभयो । जनताको समस्या कसरी समाधान गर्ने भिजन नभए केही हुन सक्दैन । जबसम्म मुखिया ईमान्दार हुँदैन तलका मान्छेमा परिवर्तन आउन नसक्ने उहाँको कथन रहेको छ ।
जनकपुर उपमहानगरपालिकाका पूर्व उपमेयर समेत रहेका राजपा नेता असगर अलिले एडिबीको मूल काम हुन सकिरहेको छैन भने टोल मोहल्लाको समस्या कसरी समाधान हुन्छ प्रश्न गर्नुभयो । सडक र नाला निर्माण कार्य सरकारी कर्मचारी जस्तै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने गरेको नगरपालिकाको विकास निर्माण कुन गतिमा भई रहेको सहजै अनुमान लगाउन सकिन्छ अलिको भनाई थियो ।

About Sujeet Jha

Check Also

राजपाका नेताहरु मेयर लालकिशोर साहको कार्यशैलीबाट असन्तुष्ट, कामेश्वर झा भन्छन–मेयरमा दुरदर्शिताको अभाव

दूधमती समाचारदाता जनकपुरधाम, असोज २ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यशैलीबाट उनकै पार्टी राजापाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com