Home / समाचार / संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीको प्रदर्शन, प्रदेशभरी व्ल्याक आउटपनि

संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीको प्रदर्शन, प्रदेशभरी व्ल्याक आउटपनि

दूधमती समाचारदाता
जनकपुरधाम, असोज ३ ।
संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुर सहित प्रदेश २ का प्रत्येक जिल्लामा प्रदर्शन गरेको छ । जनकपुरको जनक चोकबाट आयोजित विरोध रैली नगरभरी परिक्रमा गरेको थियो ।
परिक्रमा पछि आयोजित सभालाई सम्बोधन गर्दै राजपाका नेताहरुले संविधान संशोधन बेगर यो संविधानलाई कुनै हालतमा नमान्ने बताएका छन ।


प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले अहिलेको संविधान मधेशी विरोधी रहेकाले मधेशी जनता कुनै हालतमा स्वीकार नगर्ने बताउनुभयो । केपी ओली नेतृत्वको सरकार मधेश विरोधी रहेकाले चाँडै समर्थन फिर्ता लिने समेत बताउनुभयो ।
राजपाका केन्द्रिय उपाध्यक्ष एवं राज्यसभा सांसद वृषेशचन्द्र लालले हामी सत्ताको लालची नभएर मधेशको समस्या समाधान गर्न चाहेको बताउनुभयो । मधेशी समस्या जबसम्म समाधान हुदैनन तबसम्म देशमा शान्ति कायम हुननसक्ने बताउनुभयो ।
राजका कार्यकर्ताहरुले आज कालोपटटी लगाएका थिए । प्रदेशभरी व्ल्याक आउटपनि गरिएको छ ।

About Sujeet Jha

Check Also

राजपाका नेताहरु मेयर लालकिशोर साहको कार्यशैलीबाट असन्तुष्ट, कामेश्वर झा भन्छन–मेयरमा दुरदर्शिताको अभाव

दूधमती समाचारदाता जनकपुरधाम, असोज २ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यशैलीबाट उनकै पार्टी राजापाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com