Home / समाचार / राष्ट्रपति निर्वाचन २९ गते, २३ गते उम्मेदवारी दिनु पर्ने

राष्ट्रपति निर्वाचन २९ गते, २३ गते उम्मेदवारी दिनु पर्ने

दूधमती समाचारदाता
काठमाडौ, फागुन १० ।

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो ।आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

२१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

२३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुर्‍याएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

२९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । त्यही दिन ४ बजेबाट मतगणना सुरु हुनेछ । यदि कुनै उम्मेदवारले निर्वाचक मण्डलको कुल सदस्यको बहुमत प्राप्त नगरे फेरि मतदान गराइने आयोगले जनाएको छ ।

About Sujeet Jha

Check Also

संविधान बिरोधी आन्दोलन मधेशवादी दल खानापूर्तीका लागि मात्रै गर्दैछन्ः डा. भोगेन्द्र झा, राजनीतिक विश्लेषक

प्र. संविधानको बिरोधका कार्यक्रम मधेशवादी दलहरुले घोषणा गरेका छन् यस सम्बन्धमा तपाई के भन्नु हुन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com