Home / समाचार / प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टीका नेता सरोजकुमार यादव निर्विरोध निवार्चित, भोलि औपचारिक घोषणा हुने

प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टीका नेता सरोजकुमार यादव निर्विरोध निवार्चित, भोलि औपचारिक घोषणा हुने

सुजीतकुमार झा
जनकपुरधाम, फागुन १ ।
प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टीका नेता सरोजकुमार यादव निर्विरोध निवार्चित हुनेछन् । सभामुखका लागि यादवको मात्रै प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव वंशीराज पौडेलले जानकारी दिएका छन् । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् । प्रदेश २ मा फोरमको २९ र राजपाको २५ सांसद रहेको छ । यादवको यादवका प्रस्तावकमा राजपाका प्रदेशसभा सदस्य जितेन्द्र सोनल र समर्थकमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत रहेका छन् ।
भोलि प्रदेशसभाले सभामुखको औपचारिकता दिनेछ ।
भोलिको बैठकमा जेष्ठ सदस्य लगनलाल चौधरीले यादवलाई सभामुख घोषणा गर्नुको साथै यादवको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका यादव बारा जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वािर्चत भएका थिए ।

About Sujeet Jha

Check Also

प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चतकालका लागि स्थगित

सुजीतकुमार झा जनकपुरधाम, बैशाख २० । नेपाली कांग्रेसका विद्यायकहरुको विरोधका कारण प्रदेश २ को प्रदेशसभाको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com