Home / समाचार / प्रदेश नम्बर २मा पmागुन २ गते सभामुखको निर्वाचन, ४ गते उपसभामुखको निर्वाचन हुने

प्रदेश नम्बर २मा पmागुन २ गते सभामुखको निर्वाचन, ४ गते उपसभामुखको निर्वाचन हुने

दूधमती समाचारदाता
जनकपुरधाम, माघ २९ ।
प्रदेश नम्बर २ को प्रदेशसभाको दोस्रो बैठकबाट सभामुख चयनका लागि फागुन २ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
आज बसेको प्रदेशसभाको बैठकबाट फागुन २ गते सभामुख चयनका लागि दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । सभामुखको निर्वाचन कार्यक्रम अन्तर्गत फागुन १ गते मंगलबार मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरिएको छ । कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म सभामुख निर्वाचनका लागि दर्ता गरिने सहसचिव वंशिराज पौडेलले जानकारी दिएका छन ।
यता प्रदेश सभाको बैठकबाट फागुन ४ गते उपसभामुख चयन गर्ने कार्यक्रम तय गरिएको छ ।
आजको बैठकबाट प्रदेश नम्बर २को मर्यादापालकहरुको नयाँ ड्रेसकोर्ड समेत तय गरिएको छ । प्रदेश सभाको बैठकबाट मर्यादापालकहरुका लागि क्रिम रंगको सफारी शुट, जाडो मौसमभरका लागि सोही रंगको कोट वा ज्याकेट र महिला मर्यादापालकका लागि क्रिम रंको साड़ी र कोट तय गरिएको छ ।
प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकमा दलहरु दौरा सुरुवाल लगाउन नपाउने निर्णय गरेपछि मर्यादापालकहरु आफू खुसी ड्रेस लगाएर पुगेका थिए । मर्यादापालकहरुमा एकरुपता ल्याउनका लागि प्रदेशसभाको आजको बैठकबाट मर्यादापालकहरुको ड्रेसकोड तय गरिएको हो । १५ दिनभित्र मर्यादापालकको पोशाकको व्यवस्था गर्न सचिबालयलाई निर्देशन दिइएको छ ।
यसैबिच संघीय समाजवादी फोरम नेपालका ज्ञानेन्द्र यादबको प्रस्तावमा राजपा नेपाल, नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र गरी ६ जना प्रदेशसभा सदस्यले समर्थन गरेपछि ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको छ ।
यता प्रदेश नम्बर २ को प्रदेशसभाको दोस्रो बैठक बस्नु अघि मधेश आन्दोलनका शहीदहरुको तस्वीर टाँगिएको छ ।
प्रदेशसभाको पहिलो बैठकमा मधेश आन्दोलनका शहीदको तस्वीर नराखिएको भन्दै मधेशवादी दलहरुले प्रदेशसभाको पहिलो बैठक केही बेर अवरुद्ध पारेका थिए । त्यस लगत्तै सभामुखको भूमिकामा रहेका लगनलाल चौधरीले दोस्रो बैठकबाट मधेश आन्दोलनका शहीदहरुको तस्वीर समेत राख्न रुलिंग गरेका थिए । पहिलो प्रदेशसभा बैठकमा जन आन्दोलनका शहीदहरुको तस्वीर मात्रै राखिएको थियो ।

About Sujeet Jha

Check Also

संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीको प्रदर्शन, प्रदेशभरी व्ल्याक आउटपनि

दूधमती समाचारदाता जनकपुरधाम, असोज ३ । संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुर सहित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com