Home / समाचार / केपी ओली र प्रचण्डबीच वार्ता, सहअध्यक्षमा ‘सहमति नजिक’

केपी ओली र प्रचण्डबीच वार्ता, सहअध्यक्षमा ‘सहमति नजिक’

दूधमती समाचारदाता
काठमाडौँ, माघ २९ ।
एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ ।

नेताहरुका अनुसार केही दिनमै ‘छिट्टै पार्टी एकता’ हुने सन्देश दिने प्रयास भइरहेको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा भेटेका हुन् । अधिकारी प्रचण्ड निकट निर्माण व्यवसायी मानिन्छन् ।

वार्तामा के भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् ।

तर, दुवै दलका नेताहरुले शीर्ष दुई नेताबीच भएको संवाद सकारात्मक रहेको बताएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘टुंगिने चरणमा छ भन्ने संकेत पाएको छु ।’

स्रोतका अनुसार दुई नेताबीच नेतृत्वको मोडालिटीबारे छलफल भइरहेको छ तर, टुंगिएको छैन ।

भोलि पनि ओली र प्रचण्डबीच भेटवार्ता हुनेछ । दुई नेताबीच सहमति भए पर्सी पार्टी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता हुने सन्देश दिने तयारी छ ।

भोलि पनि ओली र प्रचण्डबीच भेटवार्ता हुनेछ । दुई नेताबीच सहमति भए पर्सी पार्टी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता हुने सन्देश दिने तयारी छ ।

माओवादीले ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको दाबी गर्दै आएको छ । तर, ओली तत्काल अध्यक्ष पद हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् ।

पछिल्लो पटक एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिने र महासचिव एमालेले राख्ने प्रस्ताव अघि सारेका छन् । ०४७ मा माले र मार्क्सवादी एकीकरण गर्दा जस्तो सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

ओली र प्रचण्ड दुई सहअध्यक्ष बन्ने प्रस्ताव  (संक्रमणकालका लागि संयुक्त नेतृत्वको व्यवस्था) पनि छलफलमा छ । एकीकृत पार्टीमा तत्काल प्रचण्ड वा ओलीको एकल नेतृत्व सम्भव नभएको भन्दै स्रोतले भन्यो, यसकै छेउछाउ त्यतातिर पो जानुपर्छ कि भन्ने छ ।’

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एकताबारे सकारात्मक छलफल भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘सरकार गठन अगाडि पार्टी एकताको प्रारुप तयार हुन्छ । सरकार गठन भएपछि केही समयमा नै पार्टी एकता घोषणा हुन्छ ।’

About Sujeet Jha

Check Also

संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीको प्रदर्शन, प्रदेशभरी व्ल्याक आउटपनि

दूधमती समाचारदाता जनकपुरधाम, असोज ३ । संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुर सहित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com