Home / खेलकुद / केन्यामाथि नेपालको रोमाञ्चक जित, सन्दिपसँगै रोहित र आरिफ चम्किए

केन्यामाथि नेपालको रोमाञ्चक जित, सन्दिपसँगै रोहित र आरिफ चम्किए

दूधमती समाचारदाता
काठमाडौँ, माघ २९ ।
रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

१७८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब थियो । मात्र १४ रन जोड्दा तीन विकेट गुमाएको नेपालको पारी कप्तान पारस खड्का र शरद भेषावकरले सम्हाल्ने प्रयास गरे ।

उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । पारस ४२ रनमा आउट भए । थप १३ रन जोड्दा शरद पनि व्यक्तिगत १९ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ८२ रन थियो ।

तर, आरिफ र रोहितले महत्वपूर्ण साझेदारी गरे । दुबैले छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरे । दुबैले नेपाललाई जित दिलाउने अनुमान गरिएको थियो ।

४८.२ ओभरमा आरिफ ४२ रनमा आउट भएपछि खेलले नाटकीय रुप लियो ।

यो ओभरको बाँकी चार बलमा नेपालले ३ रन जोडेपछि अन्तिम ओभरमा ६ रन चाहियो । पहिलो बलमा २ रन लिएका रोहितले दोस्रो बलमा एक रन जोडे ।

तेस्रो बलमा सोमपालले एक रन लिए । तर, चौथो बलमा रोहित ४७ रनमा रनआउट हुन पुगे । अब अन्तिम २ बलमा २ रन चाहियो र स्ट्राइकमा सोमपाल थिए ।

ओभरको पाँचौं बलमा उनले रन जोड्न सकेनन् । अब २ बलमा २ रन चाहियो, नत्र नाटकीय रुपमा हार्ने खतरा रहृयो । तर, सोमपालले दुई रन लिँदै जित दिलाए ।

सन्दिपको उत्कृष्ट बलिङ

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् ।

सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।

आईपीएल टिम डिल्ली डियरडेभिल्समा आवद्ध भएपछि क्रिकेट जगतै ध्यान तानेका सन्दिप म्यान अफ दि म्याच बने ।

सन्दीपले प्रतियोगिताका चार खेलमा १४ विकेट लिइसकेका छन् ।

About Sujeet Jha

Check Also

संविधान बिरोधी आन्दोलन मधेशवादी दल खानापूर्तीका लागि मात्रै गर्दैछन्ः डा. भोगेन्द्र झा, राजनीतिक विश्लेषक

प्र. संविधानको बिरोधका कार्यक्रम मधेशवादी दलहरुले घोषणा गरेका छन् यस सम्बन्धमा तपाई के भन्नु हुन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com