Home / समाचार / एमालेका ४१ समानुपातिक सांसद, नवीना लामादेखि मोतिलाल दुगडसम्म (सूचीसहित)

एमालेका ४१ समानुपातिक सांसद, नवीना लामादेखि मोतिलाल दुगडसम्म (सूचीसहित)

दूधमती समाचारदाता
काठमाडौ, माघ २८ ।

नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ सांसद बन्नेको सूची निर्वाचन आयोगमा बुझाएको छ। एमालेले समानुपातिक तर्फ ४१ सिट जितेको थियो। जसमध्ये एमालेले संघीय संसदमा एक तिहाई महिला सहभागिता सुनिश्चित गर्न ३७ जना महिलालाई पठाएको छ।

एमालेबाट सांसद बन्ने चार पुरुषमा खस आर्यबाट मुकुन्द न्यौपाने, आदिवासी जनजातीबाट विषय विजय सुब्बा, पिछडिएको क्षेत्रबाट मोहन बाँनिया र मधेसी पुरुषबाट मोतीलाल दुगड परेका छन्।

२०६४ सालमा सद्भावना आनन्दीदेवीबाट समानुपातिक सांसद बनेका मोतीलाल दुगड पनि एमालेको सूचीमा परेका छन्। एमालेबाट सांसद सिफारिश  भएका दुगड  व्यापारी हुन्।  २०७० को चुनावमा पत्रिका विज्ञापन गरेर पार्टी समेत खोलेका थिए। उनले आफ्नो पार्टी एमालेमा विलय गराएका थिए।

सांसद सिफारिश हुनेमा एमाले स्थायी समिति सदस्य तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री दाबेदार शंकर पोखरेलकी श्रीमती तथा एमाले केन्द्रीय सदस्य सुजिता शाक्य, अनेरास्ववियू अध्यक्ष नविना लामा, पूर्वविद्यार्थी नेतृ रामकुमारी झाक्री पनि छन्। त्यस्तै पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेकी शान्ता चौधरी पनि पुन:  सांसद बनेकी छन्।

त्यस्तै एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठकी श्रमती जुली महतो पनि  सूचीमा  छन्। उनी व्यापारी उपेन्द्र महतोको बहिनी हुन्। त्यस्तै एमाले भातृ संगठन यूवा संघकी नेतृ निरुदेवी पाल पनि सांसद बनेकी छिन्।

निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सूची बुझाउन सोमबारसम्मको समय दिएको छ।

हेर्नुस् एमालेको समानुपातिक सांसदको सूची-

About Sujeet Jha

Check Also

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

दूधमती समाचारदाता काठमाडौ, चैत १६ । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com