Home / समाचार / प्रदेश २ को मुख्यमन्त्री फोरमलाई, राजपाले सभामुख र तीन मन्त्रालय लिने

प्रदेश २ को मुख्यमन्त्री फोरमलाई, राजपाले सभामुख र तीन मन्त्रालय लिने

दूधमती समाचारदाता
काठमाडौ, माघ २७ ।

संघीय समाजवादी फोरम र राजपाबीच प्रदेश २ को पद भागवण्डा मिलेको छ । अब प्रदेश २ मा दुई दलको संयुक्त सरकार बन्नेछ ।

फोरमको कार्यालय तीनकुनेमा शानिबार भएको वार्तामा पद भागवण्डा मिलेको हो । सहमतिअनुसार २९ सांसद रहेको फोरमले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय लिनेछ ।

उसले अन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि लिने सहमति भएको छ ।

राजपाले सभामुखसँग भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ । प्रदेशसभामा रापपाको २५ सांसद छ ।

फोरमले संसदीय दलको नेतामा लालबाबु राउत चयन गरिसकेको छ । उनी अब मुख्यमन्त्री हुनेछन् ।

फोरम र राजपाले प्रदेश २ को प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन बनाएर चुनाव लडेका थिए ।

हालै जनकपुरमा भएको दुई दलका शीर्ष नेताहरुको वार्तामा मिलेर सरकार बनाउन सहमत भएपनि पद भागवण्डा मिलेको थिएन । राजपाले मुख्यमन्त्रीमा आलोपालो गर्नु पर्ने, नभए सभामुखसहित प्रमुख मन्त्रालयहरु आफूले पाउनु पर्ने माग गरेको थियो ।

तर, शनिबार राजपा केही लचिलो भएपछि सहमति जुटेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले यो सहमति ५ वर्षे कार्यकालका लागि भएको बताए ।

सहमतिपत्र

About Sujeet Jha

Check Also

संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीको प्रदर्शन, प्रदेशभरी व्ल्याक आउटपनि

दूधमती समाचारदाता जनकपुरधाम, असोज ३ । संविधान दिवसको विरोध गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुर सहित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com