Home / बातचित / संसदीय दलको नेता नबनाइएकोमा कुनै दुःख छैनः शैलेन्द्र साह, प्रदेशसभा सदस्य संघिय समाजवादी फोरम

संसदीय दलको नेता नबनाइएकोमा कुनै दुःख छैनः शैलेन्द्र साह, प्रदेशसभा सदस्य संघिय समाजवादी फोरम

प्र. संघिय समाजवादी फोरमको प्रदेश नम्बर २को संसदीय दलको नेतामा तपाईको नाउँ बढी चर्चामा हुँदा पनि मोहम्मद लालवावु राउत कसरी चुनिनु भयो ?


संसदीय दलको नेतामा दूई तीनजना नेताको नाउँ थियो । मेरो पक्षमा धेरै थिए तर मोहम्मद लालवावु राउत पार्टीको वरिष्ठ नेता हुनु हुन्छ । स्थापनाकाल देखि पार्टीमा रह्नु भएको छ जस्तो परस्थिति आउँदा पनि उहाँले पार्टी छोड्नु भएन यी सबै विशेषताका कारण सर्वसम्मतिले उहाँलाई संसदीय दलको नेतामा चुनियो ।

लालवावु राउतलाई मुख्यमन्त्रीको दावेदार बनाएर विहार र युपी जस्तै यहाँपनि यादव मुस्लिम कार्ड खेलेको मलाई लाग्दैन त्यस्तो भएको छ । जाति धर्मका कुराहरु यहाँ ल्याउनु त्यती बेस हुँदैन, अहिले समृद्ध प्रदेशका लागि कामना गर्नु पर्छ । यस्ता कुराहरु आउँदा समाज विभाजित हुने खतरा बढ्छ त्यस कारण लालवावुलाई फोरमको बरिष्ठ नेताको रुपमा बुझ्नु पर्छ

प्र. तपाईले पाउनु पर्ने पद अरुलाई दिइएपछि दुःख त अवश्य नै लागेको होला ?


राजनीतिमा तलमाथि भई नै रहन्छ । प्रतिस्पर्धा थियो, मेरो पनि ईच्छा थियो संसदीय दलको नेता बन्नु तर पार्टीको निर्णय सर्वोपरी हुन्छ । कुनै दुःखको कुरो नै भएन । हामी सबै मिलेर प्रदेश नम्बर २ लाई समृद्ध बनाउने छौँ । पार्टीलाई पनि मजबुत बनाउँदै लग्नेछौँ ।
प्र. अब तपाईको भूमिका के हुनेछ ?
पार्टीको संगठनलाई मजबुत पार्नु साथै पार्टीले दिएको जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गर्नु, संसदीय दलको नेता नबन्दा मेरो भूमिका नै समाप्त हुन्छ त्यस्तो छैन ।

मुख्यमन्त्री पूजा गर्ने पद होइन निति बनाउने र कार्यान्वयन गराउने पद हो त्यस कारण मोहम्मद लालवावुलाई त्यो चश्माले देख्नु मलाई उचित लाग्दैन । हामी सबै मिलेर प्रदेश नम्बर २लाई समृद्ध प्रदेश बनाउने छौँ । साथै भाषाको विवाद आएको छ त्यसमा पनि म स्पष्ट गर्न चाहन्छु मातृभाषालाई किनारामा राखेर हिन्दीलाई अगाडि बढाउने हाम्रो योजना छैन । म आफै मातृभाषा मैथिलीमा शपथ लिएको छु । कयो व्यक्ति भोजपुरीमा शपथ लिएका छन । हिन्दीलाई हामी सम्पर्क भाषाको रुपमा मात्रै विकास गर्न चाहन्छौँ । जुन बेला एक मधेश स्वायत्त प्रदेशको कुरो थियो त्यो बेलादेखि नै हिन्दीलाई सम्पर्क भाषाको कुरा उठेको थियो । हामी अहिले पनि एक मधेशको कुरो छोडेका छैनौँ । त्यो बेला यो भाषाको उपयोगिता अझै बढ्छ । मधेशवादी दलको नेतृत्वमा बन्ने सरकारमा मैथिलीको अझै विकास हुनेछ । 

प्र. उपेन्द्र यादवल मोहम्मद लालवावु राउतलाई मुख्यमन्त्रीको दावेदार बनाएर विहार र युपी जस्तै यहाँपनि यादव मुस्लिम कार्ड खेलेको भनिन्छ नि ?


मलाई लाग्दैन त्यस्तो भएको छ । जाति धर्मका कुराहरु यहाँ ल्याउनु त्यती बेस हुँदैन, अहिले समृद्ध प्रदेशका लागि कामना गर्नु पर्छ । यस्ता कुराहरु आउँदा समाज विभाजित हुने खतरा बढ्छ त्यस कारण लालवावुलाई फोरमको बरिष्ठ नेताको रुपमा बुझ्नु पर्छ ।

राजनीतिमा तलमाथि भई नै रहन्छ । प्रतिस्पर्धा थियो, मेरो पनि ईच्छा थियो संसदीय दलको नेता बन्नु तर पार्टीको निर्णय सर्वोपरी हुन्छ । कुनै दुःखको कुरो नै भएन । हामी सबै मिलेर प्रदेश नम्बर २ लाई समृद्ध बनाउने छौँ । पार्टीलाई पनि मजबुत बनाउँदै लग्नेछौँ । 

प्र. प्रदेश नम्बर २लाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने कुरा आई रहेको छ, मुस्लिम मुख्यमन्त्री हुँदा धार्मिक पर्यटनमा असर गर्दैन त ?


मुख्यमन्त्री पूजा गर्ने पद होइन निति बनाउने र कार्यान्वयन गराउने पद हो त्यस कारण मोहम्मद लालवावुलाई त्यो चश्माले देख्नु मलाई उचित लाग्दैन । हामी सबै मिलेर प्रदेश नम्बर २लाई समृद्ध प्रदेश बनाउने छौँ । साथै भाषाको विवाद आएको छ त्यसमा पनि म स्पष्ट गर्न चाहन्छु मातृभाषालाई किनारामा राखेर हिन्दीलाई अगाडि बढाउने हाम्रो योजना छैन । म आफै मातृभाषा मैथिलीमा शपथ लिएको छु । कयो व्यक्ति भोजपुरीमा शपथ लिएका छन । हिन्दीलाई हामी सम्पर्क भाषाको रुपमा मात्रै विकास गर्न चाहन्छौँ । जुन बेला एक मधेश स्वायत्त प्रदेशको कुरो थियो त्यो बेलादेखि नै हिन्दीलाई सम्पर्क भाषाको कुरा उठेको थियो । हामी अहिले पनि एक मधेशको कुरो छोडेका छैनौँ । त्यो बेला यो भाषाको उपयोगिता अझै बढ्छ । मधेशवादी दलको नेतृत्वमा बन्ने सरकारमा मैथिलीको अझै विकास हुनेछ ।

About Sujeet Jha

Check Also

काठमाडौँको थकाली जस्तै जनकपुरमा मिथिला थाली खाना चिन्हाउन चाहन्छुः राजीव झा, महासचिव राष्ट्रिय जनता पार्टी नेपाल तथा राजधानी होटेलका संचालक

प्र. राजनीति गर्ने व्यक्ति होटेल व्यवसाय तर्फ सक्रिय हुनु पछाडीको कारण के हुन सक्छ ? …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com