Home / समाचार / राज्यसभामा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित भएका विभिन्न दलका नेताहरुलाई जनकपुरमा प्रमाणपत्र वितरण, जितले दायित्व थपेको छः सांस्कृति मन्त्री देव

राज्यसभामा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित भएका विभिन्न दलका नेताहरुलाई जनकपुरमा प्रमाणपत्र वितरण, जितले दायित्व थपेको छः सांस्कृति मन्त्री देव

सुजीतकुमार झा
जनकपुरधाम, माघ २४ ।
राज्यसभामा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित भएका विभिन्न दलका नेताहरुलाई जनकपुरमा एक कार्यक्रमका बीच आज प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगद्वारा आयोजित सो कार्यक्रममा सबै निर्वाचित राज्यसभा सदस्यहरुको सहभागिता रहेको थियो ।
राज्यसभामा निर्वाचित हुनेहरुमा जितेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, सुमनराज प्याकुरेल, रमेशप्रसाद यादव, वृषेशचन्द्र लाल, शशिकला दहाल, रामपृत पासवान र प्रमिला कुमारी रहेका छन ।

निर्वाचित भएका राज्यसभा सदस्यमा देव देउवा सरकारमा मन्त्रीहुनुहुन्छ ।
प्र्रमाणपत्र ग्रहण गरेपछि बोल्दै सांस्कृति मन्त्री देवले यो जितले दायित्व थपेको छ त्यो दायित्वलाई हामीले इमान्दारीपूर्व कार्य गर्ने बताउनु भयो । उहाँले भन्नुभयो हाम्रो कार्य कसैेले शिर निहराउने अवस्था आउन दिन्न ।
कार्यक्रमपछि दूधमती अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै राजपाका उपाध्यक्ष एवं राज्यसभा सांसद वृषेशचन्द्र लालले संविधान संशोधन गराई मधेशीलाई अधिकार दिलाउनका साथै देशलाई अग्रगति दिन कार्य गर्ने बताउनुभयो । एमाले नेता एवं राज्यसभा सांसद सुमनराज प्याकुरेलले केन्द्रमा एमालेको सरकार बनिरहेकाले राज्यमा विकासको गतिदिन आफूले पुलको कार्य गर्ने बताउनु भयो ।

About Sujeet Jha

Check Also

जनकपुरमा सडक विस्तार अभियान, उद्योगपति ओम शर्राफ र पूर्व मेयर बजरंग साहले घर तोड्न किन रोके ?

दूधमती समाचारदाता जनकपुरधाम जनकपुरको पुरानो बजार सोनापट्टीमा सडक विस्तार अभियान प्रभावकारी रुपले अगाडी बढीरहेको बेला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com