Home / समाचार / प्रदेश नम्बर २को सरकारका लागि ४ सूत्र

प्रदेश नम्बर २को सरकारका लागि ४ सूत्र

सुजीतकुमार झा
जनकपुरधाम, माघ २४ ।
प्रदेश नम्बर २को सरकारका लागि ४ वटा सूत्र मध्ये कुनै एक प्रयोग गरेर अगाडि बढ्न सकिन्छ । प्रदेश सरकार बनाउन चुनावको बेला जति सहजता देखिएको थियो त्यो सहजता प्रदेश नम्बर २मा अहिलेसम्म देखिएको छैन । अन्य प्रदेशमा सरकारका लागि आन्तरिक प्रकृयाहरु धेरै अगाडि बढेपनि प्रदेश नम्बर २मा अहिले पनि असमञ्जस्ताको अवस्था रहेको छ ।
प्रदेशको सरकार कसरी बन्ने प्रमुख नेताहरु पनि भनि रहेका छैनन । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आफ्नै पार्टीको कार्यमा लागेका छन भने राष्ट्रिय जनता पार्टीका नेताहरुको उत्साह त्यो रुपमा अहिले देखिएको छैन । सरकार ४ वटा बाटो भएर बन्न सक्ने हाम्रो आँकलन रहेको छ ।
पहिलो बाटो
जसरी चुनावका बेला संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर चुनाव लडेका थिए त्यसरी नै सरकार बनाउँदा सबैभन्दा उत्तम बाटो हुन सक्छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो यस्तै सरकार बन्नेमा आशावादी रहेका छन । तर कहिलेसम्म सरकार बन्ने त्यसमा उहाँ पनि स्पष्ट हुनु हुन्न । यसमा फोरमले मुख्यमन्त्री र राजपाले उप मुख्यमन्त्री पाउने छ । यस हिसाबले जाँदा अढाई बर्ष फोरमले मुख्यमन्त्री र अढाई बर्ष राजपाले मुख्यमन्त्री बनाएर पनि अगाडि बढ्न सकिन्छ । तर कुन सूत्र प्रयोग गरेर फोरम र राजपा सरकार बनाउने छ अहिले भन्न सक्ने अवस्था छैन । दूबै दलका नेता एक ठाउँमा बसेपनि समस्याको निकास पाएको छैन ।
दोस्रो बाटो
संघिय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेस मिलेर पनि सरकार बनाउन सक्नेछ । चुनावको बेला पनि तीनै पार्टी मिलेर चुनावमा जाने तयारी गरेको थियो तर अन्तिम समयमा कांग्रेस र मधेशवादी दल छुट्टाछुट्टै चुनाव लडेका थिए । हुनत नेपाली कांग्रेसले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबिरुद्ध आफ्नो उम्मेदवारलाई हटाएका थिए । तीनटै पार्टी बिच गठबन्धन भएर सरकार बन्न सक्यो भने केन्द्रमा पनि दरो विपक्ष देखा पर्ने छ भने राज्य पनि गतिका साथ अगाडि बढ्न सक्छ । विश्लेषकहरुले पनि तीनटै बिचको गठबन्धन तीनटैका लागि फाइदा हुने बताई रहेको छ ।
तेस्रो बाटो
संघिय समाजवादी फोरम र नेकपा एमालेबिच नयाँ गठबन्धन पनि बन्न सक्छ । फोरमलाई केन्द्रमा पनि केही मन्त्री दिन सकिने अवस्था रहेको छ । यो गठबन्धनको चर्चा चुनाव सम्पन्न भएदेखि नै सुनिन थालिएको छ । भारतको पनि यो गठबन्धनप्रति खासै बिरोध देखिएको छैन । एमाले सरकारमा मधेशवादी दल भयो भने नेपालमा काम गर्न सहज हुने भारतका अधिकारीहरु पनि बुझिरहेका छन । एमाले पनि प्रदेश नम्बर २मा सरकारमा गएर आफ्नो प्रभाव बढाउन सक्ने सम्भावना रहेको छ । तर यो गठबन्धन संगै एउटा खतरा यो पनि रहेको छ मधेशवादी दल आफैमा विभाजित हुने छन र यसले संविधान संशोधनको मुद्दा कमजोर हुनेछ ।
चौथो बाटो
चौथो बाटोको सम्बन्धमा पनि विश्लेषकहरु नकारि रहेका छैनन । फोरमले सरकार बनाउने, राजपाले बाहिरबाट सहयोग गर्ने यो बाटोमा बाहिरबाट एमाले माओवादीले पनि बाहिरबाट सहयोग गर्न सक्छन । भारतमा यस प्रकारको प्रयोग धेरै भई रहेको छ । तर यो प्रयोग धेरै प्रभावकारी हुनेमा धेरै व्यक्ति आशावादी देखिएका छैनन । यो प्रयोगले सरकार धेरै दिनसम्म टिक्न सक्दैन विश्लेषकहरुको ठम्याई रहेको छ । फोरमका केही नेताहरु यो बाटोलाई धेरै आशावादी मानि रहेका छन ।

About Sujeet Jha

Check Also

स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुद्वारा जनकपुरमा प्रदर्शन, प्रदेश २ का सरकारले संघिय सरकारको एजेन्टको रुपमा कार्य गरिरहेका राउतको आरोप

दूधमती समाचारदाता जनकपुरधाम, असाज ३ । स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुले प्रहरीको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com