Home / विचार / सुभाषचन्द्र बोसको त्यो अनौठो प्रेम कहानी

सुभाषचन्द्र बोसको त्यो अनौठो प्रेम कहानी

एजेन्सी

यो १९३४ सालको कुरा हो सुभाष चन्द्र बोस अष्ट्रियाको राजधानी भियनामा थिए । त्यसबेला उनी कांग्रेसको योद्धाको रुपमा चिनिन थालेका थिए ।

अवज्ञा आन्दोलनको क्रममा जेलमा परेका सुभाष चन्द्र बोसको स्वास्थ्य फेब्रुअरी १९३२ मा बिग्रिन थालेको थियो । त्यसपछि वि्रटिश सरकार उनको उपचारको लागि यूरोप पठाउन तयार भयो । तर उपचार खर्च परिवार आफैले व्यहोर्नुपर्ने भयो ।

 

भियनामा उपचार गराउनुका साथै उनले यूरोपमा रहेका भारतीय विद्यार्थीहरुलाई पनि स्वतन्त्रताको लडाइँमा एकजुट गराउने निष्कर्षमा पुगे । यहि क्रममा उनले एक यूरोपीय प्रकाशकले ‘द इण्डियन स्ट्रगल’ किताब लेख्ने कामको जिम्मेवारी दिए । त्यसपछि उनलाई एक सहयोगी आवश्यक पर्‍यो, जसले अंग्रेजीको साथसाथै टाइप गर्न जानोस् ।

त्यो कामको लागि बोसका साथी डा. माथुरले उनलाई दुई जना व्यक्ति सिफारिस गरे । बोसले दुबैको बारेमा पाएको जानकारीको आधारमा अलि राम्रो व्यक्तिलाई बोलाए । तर अन्तर्वार्ताको क्रममा उनी सन्तुष्ट भएनन् । त्यसपछि दोस्रो व्यक्तिलाई पनि बोलाए ।

दोस्रो व्यक्ति थिइन् २३ वर्षीया एमिली शेंकल । बोसले यी सुन्दरी अष्ट्रियाई युवतीलाई जागिर दिए । एमिलीले जून १९३४ देखि सुभास चन्द्र बोससँग काम गर्न शुरु गरिन् ।

१९३४ मा सुभाष चन्द्र बोस ३७ वर्षका थिए र उनको सारा ध्यान आफ्नो देशलाई अंग्रेजहरुबाट स्वतन्त्र बनाउनेमा केन्द्रित थियो । तर सुभाष चन्द्र बोसलाई यसको संकेत पनि थिएन कि एमिली उनको जीवनमा नयाँ तुफान लिएर आइसकेकी छन् ।

सुभाषको जीवनमा मायाको तुफान

सुभाष चन्द्र बोस र एमिली शेंकल ।

सुभाष चन्द्र बोसका दाजु शरत चन्द्र बोस थिए । उनको नाती सुगत बोसले सुभाष चन्द्र बोसको जीवनमा ‘हिज मेजेस्टी अपोनेन्ट- सुभाष चन्द्र बोस एण्ड इण्डियाज स्ट्रगल अगेन्स्ट एम्पायर’ किताब लेखेका छन् । यसमा उनले लेखेका छन् कि एमिलीसँग कुराकानीपछि सुभाषको जीवनमा नाटकीय परिवर्तन आयो ।

सुगत बोसका अनुसार यसअघि सुभाष चन्द्र बोसलाई प्रेम र बिहेका धेरै अफरहरु आएका थिए । उनीहरु कसैमा पनि उनले चासो दिएनन् । तर एमिलीको सुन्दरताले सुभाषमा मानौं जादु नै चलाइदियो ।

सुगत बोसले आफ्नो पुस्तकमा एमिलीलाई हवाला दिँदै लेखिएको छ, ‘मायाको पहल सुभाष चन्द्र बोसको तर्फबाट भयो । र विस्तारै बिस्तारै हाम्रो सम्वन्ध रोमान्टिक हुँदै गयो । १९३४ को मध्यदेखि मार्च १९३६ को बीच अष्ट्रिया र चेकोस्लाभाकियामा रहँदा हाम्रो सम्वन्ध मधुर हुँदै गयो ।’

२६ जनवरी १९१० को अष्ट्रियाको एक क्याथोलिक परिवारमा जन्मिएकी एमिलीको बुवालाई यो मन परेको थिएन कि उनकी छोरी कुनै भारतीयसँग काम गरुन् । तर जब उनीहरुले सुभाष चन्द्र बोसलाई भेटे तब उनको व्यक्तित्वबाट प्रभावित भए ।

प्रसिद्ध विद्वान रुद्रांशु मुखर्जीले सुभाष चन्द्र बोस र जवाहरलाल नेहरीको जीवनको तुलना गर्दै एक पुस्तक लेखेका छन्- नेहरु एण्ड बोस, प्यारालल लाइव्स । पेन्गुइन इण्डियाद्वारा प्रकाशित यस पुस्तकमा एउटा च्याप्टर छ, ‘टु वुमेन एण्ड टु बुक्स’ । यसमा बोस र नेहरुको जीवनमा उनका पत्नीहरुको भूमिकालाई प्रस्तुत गरिएको छ ।

सुभाषले लेखेको लभलेटर

मुखर्जीले त्यसमा लेखेका छन्, ‘सुभाष र एमिलीले शुरुदेखि नै स्वीकार गरिसकेका थिए कि उनीहरुको सम्वन्ध एकदमै अलग र अप्ठेरो हुनेवाला छ । एकअर्कालाई लेखेको चिठीमा दुबैले एकअर्कालाई सम्वोधन गर्दा जुन शब्दको प्रयोग गर्दथे त्यसबाट थाहा हुन्छ कि एमिलीले उनलाई मिस्टर बोस भन्थिन् । जबकी बोसले एमिलीलाई मिस शेंकल या पर्ल शेंकल ।

यो वास्तविकता हो कि पहिचान लुकाउनुपर्ने बाध्यता र सैनिक संघर्षमा यूरोपीय देशमा मद्दत माग्नका लागि भागदौड गर्ने क्रममा सुभाषले आफ्नो प्रेमपूर्ण सम्वन्धलाई लिएर अतिरिक्त सतर्कता अपनाए होलान् । तर एमिलीप्रति उनीभित्र कस्तो भाव थियो, त्यो कुरा उनको लभ लेटरबाट थाहा पाइन्छ ।

सुभाष चन्द्र बोसले एमिली शेंकललाई लेखेको प्रेमपत्र ।

यो व्यक्तिगत चिठ्ठी सुभाष चन्द्र बोसका एमिलीलाई लेखेको पत्रको संग्रहमा थिएन । यस चिठीलाई एमिली आफैले शरत चन्द्र बोसको छोरा शिशिर कुमार बोसकी पत्नी कृष्णा बोसलाई सम्पिएकी थिइन् । ५ मार्च १९३६ मा लेखिएको यो पत्र यसरी शुरु हुन्छ-

‘माई डार्लिङ, समय आएपछि हिमपर्वत पनि पग्लिन्छ । यस्तो भाव मभित्र पनि छ । म तिमीलाई कति मायाँ गर्छु, यो भन्नका लागि केही लेख्नको लागि आफैलाई रोक्न सकिरहेको छैन । जस्तो कि हामी एकअर्कालाई आपसमा भन्ने गर्दछौं, माई डार्लिङ, तिमी मेरो दिलको रानी हौ । तर के तिमी मसँग माया गर्छ्यौ ?’

यस पत्रमा बोसले थप लेखेका छन्, ‘मलाई थाहा छैन भविष्यमा के हुन्छ । पूरै जीवन जेलमा बिताउनु पर्ने हो कि, मलाई गोली हानेर  मारिदिन सक्छ या मलाई फाँसीमा झुण्डाइन सक्छ । म तिमीलाई कहिल्यै देख्न नपाउन सक्छु, तिमीलाई कहिल्यै पत्र लेख्न नपाउन सक्छु । तर मेरो भरोसा गर, तिमी सधैं मेरो दिलमै रहने छौं । मेरो सोच र मेरो सपनामा रहने छौ । यदि हामी यस जीवनमा मिल्न नसकेमा अर्को जीवमा म तिम्रो साथमा रहनेछु ।’

त्यो बिहे जसको पत्तै लागेन

यी पत्रहरुबाट थाहा हुन्छ व्याकुलताको बीच जब दुबैबीच अर्को पटक भेट भयो सुभाष र एमिलीले बिहे गरे । यो बिहे कहाँ भयो, यसबारेमा एमिलीले कृष्णा बोसलाई भनिन्, २६ डिसेम्बर १९३७ मा उनको २७ औं जन्मदिनमा यो बिहे अष्ट्रियाको बादगास्तीनमा भएको थियो, जुन उनीहरुको मनपर्ने स्थान थियो । यद्यपि दुबैले बिहेलाई गोप्य राख्ने फैसला गरे । कृष्णा बोसका अनुसार एमिलीले बिहेको दिनबारे जानकारी दिनुबाहेक अरु कुनै कुरा भनिनन् । तर अनिता बोसका अनुसार एमिलीले आम भारतीय बेहुलीले जस्तै सिउँदोमा सिन्दूर लगाएकी थिइन् ।

यो बिहे यति गोप्य थियो कि बादगास्तीमा रहेका उनको भतिजा अमिय बोस पनि उनलाई भेट्न गएका थिए तर उनले एमिलीलाई सहयोगी भनेर चिनाए ।

एसीएन नाम्बियार, हेडि मिलर, अमिय बोसका साथ सुभाष चन्द्र बोस र एमिली शेंकल ।

यो बिहेलाई गोप्य राख्ने सम्भावित कारणकारे बारेमा रुद्रांशु मुखर्जीले लेखेका छन्- सुभाष यसको असर आफ्नो राजनीतिक करियरमा पर्न दिन चाहँदैन थिए । कुनै विदेशी महिलासँग बिहे गरेको कुरा सार्वजनिक भएको भए उनको छविमा असर पर्न सक्थ्यो ।

रुद्रांशुको यस आशंकाको परिप्रेक्ष्यमा पनि हेर्नुपर्छ १९३८ मा सुभाष चन्द्र बोस कांग्रेसको अध्यक्ष चुनिएका थिए । शरत चन्द्र बोस सचिव थिए भने अंग्रेजीका प्रख्यात लेखक नीरद सी. चौधरीले १९८९ मा दाय हैंड ग्रेट अर्नाकः इण्डिया १९२१-१९५१ मा लेखेका छन्, ‘यो उनको निजी जिन्दगीसँग जोडिएको हिस्सा थियो । तर जब मलाई जानकारी भयो तब मलाई झट्का लाग्यो । पहिलो विश्वयुद्धपछि मलाई यो थाहा भयो कि उनले एक जर्मन महिलासँग बिहे गरे, जो उनको सेक्रेटरी थिइन् ।’

शरद चन्द्र बोसका छोरा शिशिरकुमार बोसले पत्नी कृष्णाबोसले सुभाष र एमिलीको प्रेम कथामा ‘ए ट्रु लभ स्टोरी-एमिली एण्ड सुभाष’ लेखेकी छन् । जसमा सुभाष र शेंकलको बीचको प्रेम सम्वन्धको रोचक विवरण छ ।

सुभाष चन्द्र बोस, एमिलीलाई मायाले बाघिनी भनेर बोलाउने गर्दथे । यस कुराको पनि उदाहरण पाइन्छ कि एमिली इन्टेलेक्टको मामलामा सुभाषको वरपर थिइनन् र सुभाषले यस्तो व्यक्त पनि गर्दथे ।

सुभाष-शेंकलको निशानी

कृष्णा बोसका अनुसार सुभाष चाहन्थे कि एमिली भारतका केही पत्रपत्रिकाहरुका लागि भियनाबाट रिपोर्ट पठाउने काम गरुन् । सुभाषको आग्रहमा एमिलीले द हिन्दु र मोर्डन रिभ्यूका लागि केही लेख लेखेकि थिइन् । तर ति समाचार विश्लेषण गर्न सहज थिएनन् । सुभाषले धेरैपटक उनलाई भन्ने गर्दथे, ‘तिम्रो लेख ठीक थिएन, त्यहिभएर त्यो प्रकाशित भएन ।’

यसको झलक अर्को एक ठाउँमा देख्न सकिन्छ । १२ अगस्ट १९३७ मा लेखिएको एक पत्रमा सुभाषले एमिलीलाई लेखेका छन्, ‘तिमीले भारतको बारेमा केही किताब मगाएकी छेउ । तर मलाई लाग्दैन कि यी किताब तिमीलाई दिनुको कुनै अर्थ छ । तिमीसँग जति किताबहरु छन् ति पनि तिमीले पढेकी छैनौ ।’

‘जबसम्म तिमी गम्भीर हुँदैनौ तबसम्म तिमीलाई पढ्न मन लाग्दैन । भियनामा तिमीसँग कति विषयका किताबहरु जम्मा भइसकेका छन् । तर मलाई थाहा छ तिमीले त्यसलाई पल्टाएर पनि हेरेकी छैनौ ।’

यसको बाबजुद मतलव यही हो कि सुभाष चन्द्र बोस र एमिली एकअर्कालाई अति नै माया गर्दथे । १९३४ देखि १९४५ को बीच दुबैसँग केबल १२ वर्ष रह्यो । यसमा पनि दुबै तीन वर्ष भन्दा पनि कम रहन पाए ।

सुभाष चन्द्र बोसको पत्नी एमिली शैंकल र छोरी अनिता ।

केबल तीन वर्ष रह्यो साथ

यी दुईको प्रेमको निशानी स्वरुप २९ नोभेम्बर १९४२ मा छोरीको जन्म भयो । छोरीको नाम अनिता राखियो । इटलीका क्रान्तिकारी नेता गैरीबाल्डीको ब्राजिली मूलकी पत्नी अनिता गैरीबाल्डीको सम्मानमा छोरीको नाम अनिता राखिएको हो । अनिता आफ्नो पतिको साथ कयौं युद्धमा सहभागी भएकी थिइन् र उनको पहिचान बहादुर लडाकूको रुपमा रह्यो ।

सुभाष आफ्नो छोरीलाई हेर्न डिसेम्बर १९४२ मा भियना पुग्छन् । र, त्यसपछि उनले आफ्नो भाइ शरत चन्द्र बोसलाई बंगालीमा लेखिएको पत्रमा आफ्नो पत्नी र छोरीको बारेमा जानकारी दिएका छन् ।

त्यसपछि सुभाष त्यो मिसनमा निस्किन्छन् जहाँबाट उनी फेरि एमिली र अनितालाई भेट्न कहिल्यै आउँदैनन् । भारतको स्वतन्त्रताको लागि आजाद हिन्द फौजको नेतृत्व गरेका सुभाष चन्द्र बोसको मृत्यु एक रहस्यमय बनेको छ ।

तर एमिली सुभाष चन्द्र बोसलाई यादमा १९९६ सम्म जीवित रहिन् । र, उनले एक सानो घरमा काम गर्दै सुभाष चन्द्र बोसको अन्तिम निशानी आफ्नो छोरी अनिता बोसलाई पालन पोषण गर्दै लेखाइन्, पढाइन् र जर्मनीको प्रख्यात अर्थशास्त्री बनाइन् ।

यो अप्ठ्यारो यात्रामा पनि उनले सुभाष चन्द्र बोसको परिवारबाट कुनै पनि प्रकारको मद्दत लिन इन्कार गरिन् । यतिमात्र होइन, सुभाष चन्द्र बोसले जुन गोपनीयताका साथ आफ्नो सम्बन्धको बारेमा दुनियाँलाई सुइँको समेत दिएका थिए, त्यसको मर्यादालाई पनि पूरै राखिन् ।

About Sujeet Jha

Check Also

माता सरस्वतीके विद्यालयमे रहए देल जाए

अमरचन्द्र अनिल । सरस्वती पूजाक नामपर जनकपुरक चौक चौकपर सरस्वती पूजा होबए लागल अछि । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com