Home / खेलकुद / भारत बन्यो यू-१९ विश्व च्याम्पियन

भारत बन्यो यू-१९ विश्व च्याम्पियन

एजेन्सी
ओवल, माघ २० ।

अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारतले यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

भारतको यो चौथो उपाधि हो । अष्ट्रेलियाले तीन पटक जितेको छ ।

उपाधिका लागि अष्टे्रलियाले दिएको २१७ रनको लक्ष्य भारतले मनजोत कालराको शतकको मदतमा मात्र ३८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुवात नै राम्रो रहृयो । पहिलो विकेटका लागि ओपनरद्वय पृथ्वी शॉ र मनजोतले ७१ रनको साझेदारी गरे । कप्तान पृथ्वी २९ रनमा आउट भए ।

मनजोतले दोस्रो विकेटका लागि शुभम गिलसँग ६० रनको साझेदारी गरे । गिल व्यक्तिगत ३१ रनमा पभेलियन फर्किए ।

त्यसपछि आएका हार्भिक देसाइसँग मिलेर भारतलाई जित दिलाउने क्रममा मन्जोतले शतक पुरा गरे । उनी १०१ रनमा अविजित रहे भने देसाईले नटआउट ४७ रन जोडे ।

यसअघि न्यूजिल्याण्डको बे ओवलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाको सुरुजात राम्रो हुन सकेन ।

३२ रन जोड्दा पहिलो विकेट गुमाएको उसले ५९ रन जोड्दा तीन विकेट गुमाइसकेका थियो ।

तर, मध्यक्रमका ब्याट्सम्यान जोनाथन मार्लोले पारी सम्हाल्ने प्रयास गरे । उनले चौथो विकेटका लागि परम उपलसँग ७५ रनको साझेदारी गरे । उपल ३४ रनमा आट भए । अर्को विकेटका लागि नाथन म्याकस्विनीसँग ४९ रनको साभेदारी गरे । म्याकस्विनी पाँचौं विकेटका रुपमा आउट हुँदा टिमको स्कोर १८३ रन थियो ।

तर, थप ३३ रन जोड्दा बाँकी सबै विकेट गुमायो र ४७.२ ओभरमा २१६ रनमा अल आउट भयो ।

मार्लोले ७६ रन बनाए ।

भारतका इशान पोरेल, शिवा सिंह, कमदेश नगरकोटी र आनुकूल रायले समान २-२ विकेट लिएका छन् ।

About Sujeet Jha

Check Also

श्रीलंकालाई ८ विकेटले हराउँदै भारतले जित्यो एकदिवसीय सिरिज

एजेन्सी विशाखपट्नम, पुस ३। शिखर धवनले नटआउट शतकीय पारी खेलेपछि भारतले तेस्रो तथा निर्णायक एकदिवसीय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com