Home / विचार / हेपिएको मनोविज्ञानमा प्राविधिक सेवा

हेपिएको मनोविज्ञानमा प्राविधिक सेवा

बेचन कुमार महतो ।


म एक निजामती कर्मचारी । प्राविधिक कर्मचारी । सर्टिफीकेटहरुमा राम्रो प्रतिशत लेखिएको भएता पनि एस एल सी देखी स्नात्तकोतर सम्मको शैक्षिक यात्रा तय गर्न २५ वर्ष खर्चेको अपहेलित कर्मचारी । प्रविधिको विकास, परिक्षण र प्रयोगको सैधान्तिक धरातलमा रहीे कुनै प्रविधि सँग सम्वन्धित भएर हासिल गरेको व्यवसायिक शिक्षा र सरकारी कानुनले परिभाषित गरि दिएको मेरो सेवाको विशिष्ठताले गर्दा नै शायद म प्राविधिक सेवाको कर्मचारी कहलिएको हु । स्वभाविक रुपमा म पनि अरु सेवाका कर्मचारी झै एउटा मानव हो, चाहे जति सुकै तह र श्रेणी किन नहोस, न्यूनतम मानविय मुल्य र मान्यता अवलम्वन गरी अवका दिनमा आफुलाई कार्य प्रति थप उत्साहित र लगनशिल वनाउन चाहन्छु तर खोइ किन हो किन म भित्रको अन्तरनिहित उर्जाले पथ निर्देश गर्न चाहि रहेको छैन । मन मनै वाद विवाद गर्दछु, सह–गोत्री साथी भाई संग तर्क गर्दछु, सवैमा निराशा र हेपिएको मनोविज्ञान नै देख्दछु । प्राविधक हुन विज्ञानको ज्ञान हुन आवश्यक छ । विज्ञानले कृया प्रतिकृयाको समिकरणलाई पुष्ट्याउदछ ।
वर्तमान समय विज्ञान र प्रविधिको युग हो । मुलुकको दिगो विकासको लागी भौतिक तथा प्राकृतिक साधन श्रोतको जति मात्रामा भुमिका रहन्छ त्यो भन्दा वढी भुमिका व्यवस्थापकिय क्षमता भएका व्यवसायिक प्राविधिक जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने मानविय पुँजीका लागी प्राविधिक सेवाको पहिचान हुनु अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र उपलब्ध श्रोत र साधनहरुको दिगो व्यस्थापन गरी उपभोग तुल्य वनाई मानवकल्याणका लागी योगदान दिन सक्दछन् । इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहुले हालै आफ्नो नेपाल भ्रमणको क्रममा प्रविधि विकासकै कारण इजरायलले छोटो समयमा प्रगति गरेको बताउनुले पनि प्राविधिक जनशक्तिको भुमिकालाई पुष्ठी गर्न सकिन्छ । हाम्रो देश नेपाल प्रकृतिको विशाल भण्डार हो । मृतसञ्जिवनी वुटी लगायतका अनेकौ प्राकृतिक सम्पदा एवं जलसम्पदा रहेका छन् ।

आफ्नै देशमा उपलब्ध हुने वस्तुहरु चिन्न नसकेर विदेशवाट आयात गर्नु परेको छ । यसले एकातिर आफै सँग भएका महत्वपुर्ण वस्तुहरु मूल्यहिन भएका छन् भने अर्को तिर ति भन्दा कमसल वस्तुहरु विदेशवाट झिकाउनु परेको छ र स्वदेशी धन विदेशिएको छ । यसको उपयोग गर्न व्यक्तिमा प्राविधिक ज्ञान आवश्यक पर्दछ । आज विश्वका विकसित देशहरुमा त्याहाँको प्राविधिक जनशक्ति नै विकासको कारक वनेको देखिन्छ । त्यसै गरी जुन जन देशमा प्राविधिक जनशक्तिको कमी छ ती ती देशहरु पछि परेको छन् किन भने एक चोटी विकास भई सकेको प्रविधीको अनुसरण तव मात्रै सम्भव छ जव ति प्रविधी सवै प्रयोगकर्ता वाट अनुमोदित हुन्छ । प्रावधिको विकास र परिक्षणको लागी आत्म अनुशासन, प्रायोरिटीका आधारमा कार्यान्वयन गर्न सक्ने क्षमता, कार्य प्रतिको समर्पन र समस्या समाधानको लागी प्रतिवद्घता, विस्तार उन्मुख कार्यशैली, आपसी सम्वाद गर्न सक्ने क्षमता र तत्परता, ज्ञानको साझेदारी, ज्ञान सिमितताको लागी नम्र मनोभाव, अनुभव तथा निर्देशनवाट सिक्न सक्ने क्षमता, तार्किक र रचनात्मक सोंच क्षमता, नयाँ परिस्थितीमा ज्ञान लागु गर्न सक्ने क्षमता तथा स्वतन्त्र रुपमा प्रविधीको प्रदर्शन गर्न सक्ने क्षमताले गर्दा नै प्राविधिक सेवालाई अन्य सेवा भन्दा भिन्न वनाएको छ र यही नै प्राविधिक जनशक्तिको विशेषता हो । त्यसैले व्यक्तिमा श्रम प्रति सम्मान गर्नु पर्ने भावना जागृत गर्न आवश्यक छ । हरेक व्यक्ति÷कर्मचारीमा उसको सीप र दक्षता अनुसार सेवा प्रदान गर्न सक्र्ने वातावरण तयार गरि दिनु सरकारको प्रयास हुनु जरुरी छ ।

देश रुपान्तरणको घडीमा छ । रुपान्तरण भनेको तिव्र गतिको परिवर्तन हो । रुपान्तरणले सुनौलो भविष्यको लागी नयाँ, सिर्जनात्मक र उत्साहजनक अवस्था निर्माण गर्न निरन्तर प्रेरित गर्दछ । ग्रामी पुरस्कार विजेता प्रसिद्घ अमेरिकी संगितकार माइकल स्मिथका अनुसार जव मानिसले आनन्द महसुस गर्दछन् र एक अर्काको वृति विकासमा लगानी गर्दछन् तव संसार रुपान्तरित हुन्छ । रुपान्तरणका लागी सहकार्य र सिर्जनशिलता अनिवार्य सर्तहरु हुन । यसको लागी मानिसमा नयाँ सोच, नयाँ ज्ञान र नयाँ दक्षता आवश्यक पर्दछ । नयाँ ज्ञानले समाज निर्माण हुन्छ । वैज्ञानिक ज्ञान नै रुपान्तरणको मुहान हो । 

देश रुपान्तरणको घडीमा छ । रुपान्तरण भनेको तिव्र गतिको परिवर्तन हो । रुपान्तरणले सुनौलो भविष्यको लागी नयाँ, सिर्जनात्मक र उत्साहजनक अवस्था निर्माण गर्न निरन्तर प्रेरित गर्दछ । ग्रामी पुरस्कार विजेता प्रसिद्घ अमेरिकी संगितकार माइकल स्मिथका अनुसार जव मानिसले आनन्द महसुस गर्दछन् र एक अर्काको वृति विकासमा लगानी गर्दछन् तव संसार रुपान्तरित हुन्छ । रुपान्तरणका लागी सहकार्य र सिर्जनशिलता अनिवार्य सर्तहरु हुन । यसको लागी मानिसमा नयाँ सोच, नयाँ ज्ञान र नयाँ दक्षता आवश्यक पर्दछ । नयाँ ज्ञानले समाज निर्माण हुन्छ । वैज्ञानिक ज्ञान नै रुपान्तरणको मुहान हो । नेपालको सन्दर्भमा कुरा गर्दा यहाँ वैज्ञानिक ज्ञान भन्दा पनि परम्परागत रुढीवादी ज्ञानको दवदवा छ । सिँगो समाज र कतिपय निति निर्माण तहको प्रभावकारी तहमा रहेका उच्च पदस्थहरु पनि वैज्ञानिक ज्ञानलाई भन्दा परम्परागत ज्ञान र शैलीमा आधारित रहेर महत्वपुर्ण निर्णय गर्दछन् । वैज्ञानिक ज्ञानलाई स्वविवेकी विश्लेषण गर्दछन् । यसको ज्वलन्त उदाहरणको रुपमा प्राविधिक कार्यको विशिष्ठता हेरी पञ्चायती व्यवस्थामा समेत रहेको प्राविधिक र अप्राविधिकको फरक तलवमान र प्रजातान्त्रिक शासन व्यवस्थामा २०५६ सालमा तलवमान समायोजन गर्दा कायम रहेको प्राविधिक दुई ग्रेड २०६४ र २०७३ मा आएर गरेको खारेजी प्रकरणलाई लिन सकिन्छ । सायद निर्णयकर्ताको यस्तै एकाँकी र स्वविवेकी प्रवृतिले गर्दा म जस्तो प्राविधिक कर्मचारीमा हिनतावोधको भावना जागृत हुन थालेको हो ।
सँगै नियुक्ति लिई पदस्थापना भएको अप्राविधिक सेवाका साथीले कयौ तह पार गरी सक्दा पनि आफु उही पुरानै मियोमा घुमी राख्नु पर्ने पिडा प्राविधिक कर्मचारी भन्दा वढी कसलाई थाहा छ र । कर्मचारीतन्त्र भित्रको डर लाग्दो नातावाद, अवसरवाद, अर्थवाद, चाकरी, चापलुसीले गर्दा समग्र निजामती सेवाको उत्पादनशिलता दिन प्रति दिन घटदै गई रहेको कटु सत्यलाई नकार्न कस्ले नै सक्छ र । पद्घतीमा नचलेको सार्वजनिक प्रशासनमा आफु अनुकुल व्यवस्थापकिय परिभाषा परिवर्तन गरि रहने अनि अरुले चाहना राखे गलत अर्थ लगाउने संस्कार कस्ले नवुझेको हो र ।

तर पनि केन्द्रिय शासन व्यवस्थालाई गतिशिल वनाउन भने कर्मचारीको भुमिकालाई मनन गर्नै पर्ने हुन्छ । राज्यको उपस्थितिलाई जनता समक्ष पेश गर्नु, राजनैतिक व्यवस्थाले अवलम्वन गरेका सिद्घान्तलाई आफ्नो दायित्व ठानी कार्यान्वयनमा सहयोग गर्नु र जिवनस्तरलाई सहज तुल्याउने सेवा धर्ममा समग्र कर्मचारीतन्त्रले पु¥याउदै आएको योगदानलाई जनताले प्रशंशा गरेकै छन् । मुलुकको विकास र समृद्घीमा अवरोध भएको ठम्याईका साथ केन्द्रीकृत शासन प्रणालीको पुरानो मान्यतालाई परिमार्जन गरी देश संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयको चरणमा अगाडी वढि रहेको छ । यथास्थितिमा रहेका राज्यका सम्पुर्ण संरचनाहरु पुनसंरचनाको पर्खाईमा रहेका छन् । यसै सन्दर्भमा सार्वजनिक प्रशासनको क्षेत्रमा पुनसंरचनाको वहसले पनि व्यापकता पाउन थालेको समचारले सम्पुर्ण कर्मचारीतन्त्रको ध्यानाकर्षण हुँदै छ । कतिपय कर्मचारीहरुको स्वाभिमानमा नै आँच पुग्ने प्रकारका भ्रमहरुको डंका पिटिन थालिएको छ ।

प्रशासन सेवाका कर्मचारीहरुलाई महत्व दिई समायोजन ऐन तयार भएको अवस्था छ । एकातिर जेष्ठता विवादकै कारण विगतमा सरकारका मन्त्रीले कार्य गर्न नसक्ने भनी राजीनामा दिएको इतिहास नेपालमा धेरै पुरानो भएको छैन भने अर्कोतिर पद सोपान, जेष्ठता र योग्यतामा आधारित निजामती सेवा को संरचनालाई स्थानिय तहमा समायोजन गर्न मात्र प्रशासन सेवाको नेतृत्व भित्र रहने गरी हुकुमी कानुनको ड्राफ्ट कोरिएको हल्लाले हेपिएको मनोविज्ञान लिएर प्राविधिक सेवाका कर्मचारीले कति गुणस्तरीय सेवा प्रवाह कुन पदिय हैसियतमा गर्ने छ भन्ने गम्भीर प्रश्न रहेको छ । 

काठमाण्डौको सिंहदरवार स्थानिय पालिकामा सार्ने रणनैतिक कारण देखाई एकातिर एकीकृत सेवा र संरचनामार्फत सेवा प्रवाहको परिकल्पना गरिएको छ भने अर्को तिर कुनै सेवा समुहलाई मालिक र कुनैलाई दासको रुपमा परिभाषित गर्ने कानुनी प्रयास थालिएको छ । यसै सन्दर्भमा कर्मचारी समायोजनको लागी कर्मचारी समायोजन ऐन २०७४ जारी भई सकेको छ भने कर्मचारी समायोजन नियमावली स्वीकृतीको प्रतिक्षामा रहेको छ । उपरोक्त अनुसारका कर्मकाण्डी कानुनहरुले करीव ४० हजारको संख्यामा रहेका प्राविधिक कर्मचारीहरुमा अन्यौलता र निराशा छाएको छ । मनोवल गिर्न थालेको छ । संघियता कुनै सेवा समूह विशेष र केन्द्रिय मन्त्रालयको लागी मात्र नभएर निजामती सेवाका सवै समुहलाई कानुनी रुपमा समान ठानेर सम्मानजनक व्यवस्थापन गर्नु पर्नेमा कुनै सेवा समुहलाई मात्र नेतृत्वको रुपमा स्थापित गरी प्राविधिक कर्मचारीको भुमीकालाई कमजोर पार्न खोजिएको छ । प्रशासन सेवाका कर्मचारीहरुलाई महत्व दिई समायोजन ऐन तयार भएको अवस्था छ ।

एकातिर जेष्ठता विवादकै कारण विगतमा सरकारका मन्त्रीले कार्य गर्न नसक्ने भनी राजीनामा दिएको इतिहास नेपालमा धेरै पुरानो भएको छैन भने अर्कोतिर पद सोपान, जेष्ठता र योग्यतामा आधारित निजामती सेवा को संरचनालाई स्थानिय तहमा समायोजन गर्न मात्र प्रशासन सेवाको नेतृत्व भित्र रहने गरी हुकुमी कानुनको ड्राफ्ट कोरिएको हल्लाले हेपिएको मनोविज्ञान लिएर प्राविधिक सेवाका कर्मचारीले कति गुणस्तरीय सेवा प्रवाह कुन पदिय हैसियतमा गर्ने छ भन्ने गम्भीर प्रश्न रहेको छ । आम प्राविधिक तथा प्रशासन सेवा वाहेकका अन्य सेवाका कर्मचारीका भावना विपरीत करीव निश्चि भई सकेको समायोज प्रकृयाले अन्य सेवाका कर्मचारीको पुर्ण परिभाषित योग्यता, योगदान र क्षमतालाई अपमानित गर्न खोजिएको आभास हुन थालेको छ । स्मरण रहोस, पहिलो पञ्च वर्षिय योजना लागु हुँदा खाधान्न निर्भर रहेको नेपाल १४धौ योजना लागु हुँदा आयात गर्ने अवस्थामा पुगेको छ । जग जाहेर छ, पञ्च वर्षिय योजना योजना आयोगले वनाउँदछ । यदाकदा मात्र प्राविधिक योजनाकारको उपस्थिति हुने योजना आयोगका अधिकाँश योजनाकार सदस्यहरु गैर प्राविधिक चरित्रका हुने गर्दछन् । अझ योजना आयोग कै विभिन्न शाखाहरुमा अधिकृत देखी सहसचिव सम्ममा पुर्ण रुपले प्रशासन सेवाका जनशक्ति मात्रै हुनुले प्राविधिक क्षेत्र सँग सम्वन्धीत विषयहरुको योजनाहरुमा प्रशासनिक जनशक्तिहरुको मात्र राय र सुझाव लिएर कार्यान्वयन गर्नु पर्ने वाध्यता रही आएको छ ।

सँगै कुनै प्राविधिक टोलीले धेरै पहिले मापन गरेको सगरमाथाको उचाँईको अँकको धाक लगाएर हामीले नेपाललाई विश्वमा चिनाउने गर्दछौ । कुनै इन्जिनियरको प्राविधिक अध्ययनको रिर्पोटलाई टेकेर नेपाल जलश्रोतको धनी देश भनेर नाक फुलाउँदछौ । प्राविधिक टोली कै डिजाइन र लेआउट अनुसार निर्माण गरिएको सडकमा आफ्ना चिल्ला कार चलाएर आफुलाई सभ्य नागरीकको रुपमा स्थापित गराउन कसिएका छौ । वैज्ञानिक वन व्यवस्थापनको परिकल्पना गर्ने वन प्राविधिक, जलाधार व्यवस्थापनमो दक्षता राख्ने प्राविधिकको कार्यकुलशतालाई चित्रण गर्दै आफु प्राकृतिक श्रोत साधनमा धनी रहेको तथ्याँक प्रस्तुत गर्दछौ । कृषी प्रधान देशमा कृषी तथा पशु सेवा एवं सिंचाई सम्वन्धी प्राविधिकहरुको भुमिका र यन्त्र उपकरणका प्राविधिकहरुको शिप प्रयोग गरी आफ्नो दैनिक दिनाचर्यालाई सहजता प्रदान गरेका छौ ।
अन्तःमा आफ्नो स्ट्रेन्थ र आफु माथी गर्न लागीएको भेदभाव यी दुवै कुरोलाई एक साथ खेलाउदा म लगायत अधिकाँश प्राविधिक सेवाका कर्मचारीहरुको मन विरक्तिन्छ । हेपिएको मनोविज्ञानले दस्तक दिई रहेको आभास हुन्छ । सदैव दिमागमा आउछ कि जुनियर व्यक्तिका मातहातमा सिनियर व्यक्ति कसरी काम काज गर्न सक्लान? अतः उपरोक्त अनुसारको धरातलिय यर्थातमा सम्वन्धित पक्षले समयमा नै ध्यान नदिने हो भने स्थानिय निकायमा द्वन्द श्रृजना भई भद्रगोलको अवस्था हुने निश्चित छ । मन्त्रालय पिछे प्रशासनिक पुनःसंरचना तथा कर्मचारी व्यवस्थापन सम्वन्धी कृयाशिल समितिहरुमा सम्वन्धीत सेवा समुहका विज्ञहरुको उपस्थिती नगराई एकतर्फी प्रशासनिक निर्णयानुसार वन्ने कानुन अनुसार गरिने समायोजन प्रकृयावाट अन्तोगत्वा सार्वजनिक सेवाको उत्पादनशिलता घटने निश्चित छ । त्यसैले मुलुकको सार्वजनिक सेवा कसैको विरता होइन, नेतृत्व गर्ने अवसर सवैलाई दिईनु पर्दछ ।
(लेखक नेपाल मधेशी निजमती कर्मचारी मञ्चका महासचिव तथा वन सेवाका अधिकृत हुनु हुन्छ)

About Sujeet Jha

Check Also

माता सरस्वतीके विद्यालयमे रहए देल जाए

अमरचन्द्र अनिल । सरस्वती पूजाक नामपर जनकपुरक चौक चौकपर सरस्वती पूजा होबए लागल अछि । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com