Home / समाचार / प्रदेश नम्बर २ को सपथ ग्रहण जनकपुरमा सम्पन्न, ८० जना प्रदेशसभा सदस्यले मैथिलीमा लिए सपथ ।। दूईजना सपथ ग्रहण पछि पुगे

प्रदेश नम्बर २ को सपथ ग्रहण जनकपुरमा सम्पन्न, ८० जना प्रदेशसभा सदस्यले मैथिलीमा लिए सपथ ।। दूईजना सपथ ग्रहण पछि पुगे

सुजीतकुमार झा
जनकपुरधाम, माघ ७ ।
प्रदेश नम्बर २ को सपथ ग्रहण जनकपुरमा आज सम्पन्न भएको छ । जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक सभा हलमा विहान ११ बजेदेखि भएको सो सपथ ग्रहणमा प्रदेशसभा सदस्यहरुले नेपाली, मैथिली र भोजपुरी भाषामा सपथ थिएका थिए । प्रदेश नम्बर २ को कार्यालयका अनुसार ८० जना मैथिलीमा १५ जना भोजपुरीमा र १० जना नेपालीमा सपथ लिएका छन ।
१सय ७ जना प्रदेश सभा मध्ये १सय ५ जना कार्यक्रममा पुगेका थिए । संघिय समाजवादी फोरमका सञ्चमाया मोक्तान र एमालेका त्रिलोकप्रसाद चौधरी कार्यक्रम सकेपछि पुगेको देखिएको थियो ।


सपथ प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले सबैभन्दा जेष्ठ सदस्य लगनलाल चौधरीलाई गराएभने चौधरीले सबै सदस्यलाई गराएका थिए ।
सपथ ग्रहणको बेला भाषाविवादका कारण केही समयका लागि कार्यक्रम रोकिएको थियो । सपथ ग्रहण मातृभाषामा लिदापनि रेकर्ड नेपालीमा राख्ने भनेपछि विवाद भएको थियो । पछि मातृभाषामा पनि रेकर्ड राख्ने सहमती भएपछि कार्यक्रम शुरु गरिएको थियो ।
सपथ ग्रहण समारोहमा दर्जनो सदस्य मैथिली पहिरन धोतीकुर्तामा पुगेका थिए । प्रदेशसभाको अर्को बैठकमा माघ २१ गते विहान ११ बजे जनकपुरको शैक्षिक तालिम केन्द्रमा गर्ने प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले घोषणा गर्नुभयो ।
जनकपुर उद्योग वाणिज्य संघको हलमा सर्व साधारणलाई प्रवेश गराइएको थिएन । सर्वसधारणको कार्यक्रम बाहिर भीड लागेको थियो ।
सपथ ग्रहणपूर्व प्रदेश प्रमुख र अधिकांश प्रदेशसभा सदस्य जानकी मन्दिरमा पुजा अर्चागरी पुगेका थिए ।


यता सपथ ग्रहण समारोहमा एकजना संसदलाई पनि देखियो । राजपाका सांसद प्रमोद साह प्रदेशसभा सदस्यहरु कै कतारमा बसेका थिए । सपथ ग्रहणका लागि सबै प्रदेश सभा सद्यस्य उठदा उहाँपनि उठनु भएको थियो । तर उहाँको हाथमा सपथपत्र थिएन ।

About Sujeet Jha

Check Also

प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चतकालका लागि स्थगित

सुजीतकुमार झा जनकपुरधाम, बैशाख २० । नेपाली कांग्रेसका विद्यायकहरुको विरोधका कारण प्रदेश २ को प्रदेशसभाको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com