Home / समाचार / दाङको आमहड्ताल स्थगित, प्रदेश राजधानी माग्दै अदालत जाने निर्णय

दाङको आमहड्ताल स्थगित, प्रदेश राजधानी माग्दै अदालत जाने निर्णय

दूधमती समाचारदाता
दाङ, माघ ६ ।

प्रदेश राजधानीको माग गर्दै दाङमा पाँच दिनदेखि जारी आमहड्ताल स्थगित भएको छ ।

 

सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेपछि दाङ आन्दोलित भएको थियो ।

संयुक्त संघर्ष समितिले शनिबार साँझ आम हड्ताल स्थगित गर्ने निर्णय गरेको छ । आसन्न राष्ट्रियसभा निर्वाचनलाई समेत ध्यानमा राख्दै केही समयका लागि आम हड्ताल स्थगित गरिएको समितिले बताएको छ ।

बैठकले आन्दोलनको स्वरुप परिर्वतन गर्दै कालो झण्डा प्रदर्शन, डेलिगेशन, रिले अनसन बस्ने तथा कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।

साथै पर्याप्त आधार हुँदै हुँदै राजधानी नतोकेको भन्दै अदालत जाने निर्णय पनि भएको छ । सरकारी अध्ययन टोलीको सिफारिस बेगर अस्थायी मुकाम तोकेकाले कानुनी उपचार खोज्ने संघर्ष समितिले बताएको छ ।

About Sujeet Jha

Check Also

प्रदेश नम्बर २ को संसदमा सुत्नेदेखि मोबाइलमा सिनेमा देख्ने कार्य हुँदै

सुजीतकुमार झा जनकपुरधाम, फागुन ६ । सुत्नेदेखि मोबाइलमा सिनेमा देख्ने कार्य प्रदेश नम्बर २ को …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com