सुजीतकुमार झा
जनकपुरधाम, २५ पुस ।
मैथिली भाषाको कथा गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ । एकदिवसीय सो गोष्ठीमा १५ जना कथाकारले कथाबाचन गरेका थिए । बाचित कथामाथि समालोचकहरुले समालोचना गरेका थिए ।
यो गोष्ठी मात्रै नभई अभियान समेत रहेको नाराका साथ मैथिली विका कोषद्वारा शुरु गरिएको सो गोष्ठीमा डा. रेवतीरमण लाल, अयोध्यानाथ चौधरी, रोशन जनकपुरी, विनोदानन्द, नरेश ठाकुर, सुजीतकुमार झा, श्यामसुन्दर शशि, अमरकान्त अमर, विजय दत्त मणि, नित्यानन्द मण्डल, पूनम झा मैथिली,किरण झा रश्मी, संतोष कर्ण, सपना कर्ण र आभाष कर्णले कविता बाचन गरेका थिए ।
कथामा मानव जीवनका कुनै एउटा पक्षको मनोहारी चित्रण गरिन्छ । कुनै एउटा प्रभावलाई उत्पन्न गर्नु नै कथाको उद्देश्य रहेको हुन्छ । कथा गद्य साहित्यको सबैभन्दा लोकप्रिय मनोरंजक विधा रहेको मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भन्नुहुन्छ । कथा साहित्य गद्य रचना मध्यमा पर्छ जसमा जीवनको कुनै एउटा पक्षको कल्पना प्रधान ह्रदयस्पर्शी एवं सुरुचिपूर्ण कथात्मक वर्णन गरिएको हुन्छ ।
कथा मानवजीवनको त्यो खण्ड चित्र रहको छ जसको कुनै सीमा रेखा छैन र जसमा कुनै एकपक्षको अनिवार्यता छैन जानकारहरु वताउँछन ।
पठित कथामाथि रोशन जनकपुरी,सुनिल मल्लिक, नित्याननद मण्डल र परमेश्वर कापडि़ले समालोचना गरेका थिए । समालोचनाको क्रममा तिनीहरुले कथाकारहरुलाई निरन्तर लेखन गर्न सल्लाह दिएका थिए ।
कथा गोष्ठीको उदघाटन गर्दै प्रदेश २ मा नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले मैथिली भाषा,साहित्य, कला संस्कृतिको दृष्टिले समृद्ध रहेको चर्चा गरेका छन । उनले प्रदेश २ को नाउँ मैथिली भोजपुरा नै रहने दाबी समेत गरेका छन । नेकाँ यही नाउँ राख्न यसअघि प्रस्ताब राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गर्दै मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले प्रत्येक महिना कथा गोष्ठी र कवि गोष्ठी गरिने घोषण गरेका छन । साथै कोषको सुविधासम्पन्न कार्यालय बनाउन कार्य अगाडि बढाएको वताए ।
समारोहमा मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, पूर्व सांसद महेन्द्रकुमार मिश्र लगायतले वोलेका थिए ।

यो पनि पढ्नु होस्

corona

corona update