दूधमती समाचारदाता
जनकपुरधाम, पुस २० ।
सांसद रामअशिष यादवका मातापिताको नाउँमा समाजिक ट्रष्टको स्थापना गरिएको छ । रामलखन दौलतिया समाजिक प्रतिष्ठान नाउाका सो ट्रष्टले समाजिक कार्यका साथै शिक्षा, स्वास्थ्य र पर्यावरणको क्षेत्रमा कार्य गर्ने छन ।
जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा फलफुलको वृक्ष वितरण गरी शुभारम्भ सो ट्रष्टको शुभारम्भ गरिएको छ । अध्यक्ष कनकपटटी पुगी २ सय वृक्ष वितरण गरेका छन । समारोहमा बोल्दै यादवले समाजिक रुपान्तरणमा ट्रष्टले योगदान दिने उल्लेख गरेका छन ।
कार्यक्रममा प्रदेश २ का अर्थराज्य मन्त्री उषा यादव, जसपा नेता शेषनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।
सांसद यादवको पिता रामलखन यादवको २०६० पुस १९ गते पूर्णिमाकादिन निधन भएको थियो भने माता दौलतिया देवीको यसै महिना पुस १० गते मोक्ष्दा एकादशी तिथिका दिन निधन भएको छ ।

यो पनि पढ्नु होस्

corona

corona update