दूधमती समाचारदाता
जनकपुरधाम, पुस २० ।
जनता समाजवादी पार्टी का शुभेक्छुक संस्था राष्ट्रीय ईन्जिनियर संघको अन्तरक्रिया कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ ।
केन्द्रिय अध्यछ ई भगवान झाको अध्यक्षतामा भएको सो समारोहमा बक्ताहरुले ईन्जिनियरहरुको समस्याको विषयमा चर्चा गरेका थिए ।
प्रमुख अतिथिको आसनवाट बोल्दै महन्थ ठाकुरले समाजको क्रिम मध्येका इन्जिनियरहरुलाई देश विकासमा लाग्न आग्रह गरेका छन । प्रदेश २ विकासको दृष्टिले पछि परेको चर्चा गर्दै उनले भने कसरी प्रदेशको विकास गरिनेछ त्यसमा योगदान दिन इन्जिनियरहरुलाई आग्रह गरेका छन ।
विशिष्ट अतिथि राजेन्द्र महतोले मधेशीहरुको एउटा पहिचान डाक्टर इन्जिनियर पनि रहेको चर्चा गरेका छन । अन्य सरकारी सेवा भन्दा डाक्टर इन्जिनियरपनि बन्न रुचाएका मधेशीहरु अब सबै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्रिय रहेका छन उनले भने ।
समारोहमा राष्ट्रीय सभा संसद मा मृगेन्द्र कुमार सिंह यादव , जसपा नेता एवं पूर्व मंत्री ई उमाकान्त झा, केशव झा,पूर्व मन्त्री ईकवाल अहमद अंसारी,जसपा नेता डा.सुरेन्द्र झा,बिद्यार्थी नेता मनीष मिश्र लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नु होस्

corona

corona update