सुजीतकुमार झा
जनकपुरधाम, १५ मंसिर ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा फेला परेको नाग सर्पलाई हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित आले मगरको घरमा रहेकोसंतोषी माँ को मूर्ति नजिक विहान ७ बजे सो सर्प देखिएको छ । मूर्ति नजिक रहेका त्रिशुलमा खेलिरहेका ती सर्पलाई हेर्न गाउँगाउँबाट स्थानीयवासी आएको जनता समाजवादी पार्टीका नगर अध्यक्ष राकेशकुमार साहले जानकारी दिएका छन ।
नग सर्पलार्ई स्थानीयवासीले खानका लागि दूधपनि दिएका छन । कहाँवाट ती सर्प आएको कसैले देखेको छैन । स्थानीयवासीहरुले देवीको चमत्कार भनिरहेका छन ।

यो पनि पढ्नु होस्

corona

corona update