दूधमती समाचारदाता
जनकपुरधाम, १३ मंसिर ।
संघिय सांस्कृति मन्त्रालयद्वारा मैथिली भाषा अनुसन्धानका लागि दिएने सबैभन्दा ठूलो राशीको पुरस्कार दूधमती अनलाइन आ दूधमती साप्ताहिकक सम्पादक सुजीतकुमार झालाई दिएने निर्णय गरिएको छ । रामजानकी विवाह सन्दर्भलाई लिएर पत्रकार झाले अनुसन्धानमूलक किताब लेखेका छन । नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार नाउँको सो पुरस्कारको राशी एक लाखको रहेको छ ।
मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस सन्दर्भ पारेर कार्तिक धवल त्रयोदशीका तितिका दिन प्रत्येक वर्ष जस्तै यसपाली पनि पाँचवटा विद्यामा पुरस्कार दिने निर्णय गरिएको छ । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार दूई लाख र अन्य पुरस्कार एक–एक लाखको रहेको छ ।
विद्यापति पुरस्कार छनौट समितिको जनकपुरधाममा बसेको बैठकले नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्य परिषद राजविराजलाई तथा नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषाका अजितकुमार साह र सप्तरीका सुनिताकुमारी साह, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार धनुषाका सुजीतकुमार झा, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषाका वृषेशचन्द्र लाल, नेपाल विद्यापति मैथिली पाण्डूलिपी पुरस्कार सप्तरीका अमरेन्द्रकुमार यादवलाई दिइने निर्णय गरिएको छ ।
नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार यसपाली दूईजनालाई दिइने भएकाले दूबैजनालाई पचास पचास हजारको दरले रुपैया सहित पुरस्कार दिइने छ ।
पुरस्कारको घोषणा गरिएकाहरुलाई केहीदिन भित्रै विशेष समारोह गरी प्रदान गरिने विद्यापति पुरस्कार कोषका सदस्य सचिव नवीनकुमार मिश्रले जानकारी दिएका छन । नेपाल सरकारको सांस्कृति मन्त्रालयद्वारा २०६८ सालमा यो पुरस्कारको स्थापना गरिएको थियो ।

यो पनि पढ्नु होस्

corona

corona update