Home / राजनीति / संघीय फोरमले प्रदेश सभामा छान्यो १३ सांसद, आज आयोगलाई बुझाउने

संघीय फोरमले प्रदेश सभामा छान्यो १३ सांसद, आज आयोगलाई बुझाउने

दूधमती समाचारदाता
जनकपुरधाम, पुस १४ ।

संघीय समाजवादी फोरम नेपालले प्रदेश सभाका लागि समानुपातिक तर्फका सांसदहरुको टुङ्गो लगाएको छ। फोरमले प्रदेश नं २ मा ९ सिट जितेको थियो भने प्रदेश १ र ५ मा दुई/दुई सिटमा जित हात पारेको थियो। फोरमको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदको टुङ्गो लगाएको फोरम अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए।

निर्वाचन आयोगले दलहरुलाई उपलब्ध गराएको समय अनुसार शुक्रबारसम्ममा प्रदेशको समानुपातिक तर्फको नाम बुझाइसक्नुपर्नेछ। आयोगले दलहरुले पठाएको नाम प्रदेश सभा निर्वाचन ऐन अनुसार भए/नभएको जाँच गर्नेछ।

प्रदेश नंम्बर १
१. रामचन्द्र लिम्बु,  झापा
२. रामकुमारी यादव,  सुनसरी

प्रदेश नंम्बर २
१. चन्चमाया मोक्तान, सर्लाही
२. करिमा बेगम, पर्सा
३. भिमा यादव, पर्सा
४. सीमा सिंह, सर्लाही
५. उषाकुमारी यादव, बारा
६. उपमा देव, सप्तरी
७. विन्दु कुमारी यादव, धनुषा
८. चमेली देवी दास, धनुषा
९. किरण कुमारी यादव, महोत्तरी

प्रदेश नंम्बर ५
१. गीता कुमारी श्रीवास्तव, कपिलवस्तु
२. लक्ष्मी चौधरी, दाङ

About Sujeet Jha

Check Also

जनकपुरमा सडक विस्तार अभियान, उद्योगपति ओम शर्राफ र पूर्व मेयर बजरंग साहले घर तोड्न किन रोके ?

दूधमती समाचारदाता जनकपुरधाम जनकपुरको पुरानो बजार सोनापट्टीमा सडक विस्तार अभियान प्रभावकारी रुपले अगाडी बढीरहेको बेला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com