२०४७ सालको संविधान लागुको मांग गर्दै राजावादीहरुद्वारा जनकपुरधाममा विशाल मोटरसाइकल रैली

Byदूधमती साप्ताहिक

१० मंसिर २०७७, बुधबार १३:३१ १० मंसिर २०७७, बुधबार १३:३१ १० मंसिर २०७७, बुधबार १३:३१

सुजीतकुमार झा
जनकपुरधाम, १० मंसिर ।
२०४७ सालको संविधान लागुको मांग गर्दै राजावादीहरुले जनकपुरधाममा विशाल मोटरसाइकल रैली प्रदर्शन गरेको छ । गाउँ गाउँबाट सो रैलीमा राजावादीहरु सहभागि भएका थिए ।
रैलीका सहभागिहरुले राजा आउ देश बचाउ, हिन्दू राष्ट्र कायम गर जस्तापनि नारा लगाएका थिए । नेपाल राष्ट्रवादी समूहद्वारा निकालिएको सो रैलीमा काँग्रेस कम्युनिष्ट पार्टीबाट असन्तुष्ट भएका कार्यकर्ताहरु पनि सहभागि थिए । २०४७ पछि पहिलो चोटी यसप्रकारको राजावादीको भीड जम्मा भएको आयोजकको दाबी रहेको छ । गन्तन्त्रवादीहरु देश चलाउन सकेनन नेपाललाई असफल हुनबाट जोगाउन राजा चाहियो नेपाल राष्ट्रवादी समूहका अध्यक्ष कारी यादवले वताए । जहाँपनि दुट मचेको उनले आरोप लगाए ।
जनकपुरधामको रेल्वे स्टेशनवाट निस्केको सो रैली नगरको विभिन्न चोकको परिक्रमा गरेको छ । चोक चोकमा रैलीलाई ताली बजाएर स्वागत पनि गरेका छन । २०४७ सालको संविधान लागु गरलाई अभियानको रुपमा लगिने आफूहरुको योजना रहेको आयोजक समितिका वरिष्ठ नेता प्रकाश राणाले वताए ।

यो पनि पढ्नु होस्

corona

corona update