Home / राजनीति / प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा तीन नेताको चर्चा

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा तीन नेताको चर्चा

दूधमती समाचारदाता
जनकपुरधाम, पुस ७ ।
प्रदेश नम्बर २मा मुख्यमन्त्रीका लागि संघिय समाजवादी फोरमका तीन नेताको नाउँ चर्चामा रहेको छ । चर्चामा रहेका नाउँहरुमा मोहम्मद लालबाबु राउत, रामअशिष यादव र विजय यादव रहेका छन । मूख्यमन्त्री सम्बन्धि निर्णय फोरम अध्यक्ष आफैले गर्ने भएपनि पार्टीकै बरिष्ठ नेताहरुबाट तीनजनाको नाउँ अगाडि आएको छ ।
बरिष्ठताको हिसाबले मोहम्मद लालबाबु राउतको नाउँ चुनाव ताका नै अगाडि आएको थियो । तर बरिष्ठता भन्दा पनि सबैलाई मिलाएर लग्नुपर्ने शिर्ष नेताबाट आएपछि रामअशिष यादवको नाउँ अगाडि आएको छ । जनकपुरबाट जितेकाले पनि यादवको पक्षमा बढी सम्भावना देखिएको छ । हुनत केही व्यक्ति विजय यादव नै मुख्यमन्त्रीका लागि सबैभन्दा उपयुक्त हुने बताई रहेका छन ।
फोरम अध्यक्ष उपेन्द्र यादवका नजिकका नेता एवं राजविराजबाट विधायकमा निर्वाचित भएका शैलेन्द्र साहले मुख्यमन्त्री सम्बन्धमा अहिले कुनै छलफल नभएको बताएका छन । उहाँले केन्द्र सरकार बनेपछि पार्टीको प्रदेश समिति र राजनीतिक समितिमा छलफल भएपछि नै कुनै एक व्यक्तिको नाउँमाथि सहमति बन्ने दावी गर्नुभयो ।
उपेन्द्र यादवले मुख्यमन्त्रीको सवालमा केही दिनदेखि चर्चासम्म गर्न रुचाउनु भएको छैन ।

सेन्ट लगका आधारमा प्रदेश २ को समानुपातिक ४३ सिट मध्ये कांग्रेसले ११ पाउने देखिन्छ । राजपाले १०, फोरमले ९, एमालेले ८ र माओवादी केन्द्रले ५ सिट पाउने अवस्था छ ।प्रत्यक्षतर्फ फोरमले २० सिट जितेको छ भने राजापाले १५, एमालेले १४, कांग्रेसले ८ र माओवादीले ६ सिट जितेको छ । एक प्रदेशसभा सदस्य स्वतन्त्र छन् ।

गठबन्धन बनाएर चुनाव लडेको फोरम र राजपाको कुल ५४ सिट भएको छ, जुन १०७ सदस्यीय प्रदेशसभाको बहुमत हो ।

About Sujeet Jha

Check Also

राजपाका नेताहरु मेयर लालकिशोर साहको कार्यशैलीबाट असन्तुष्ट, कामेश्वर झा भन्छन–मेयरमा दुरदर्शिताको अभाव

दूधमती समाचारदाता जनकपुरधाम, असोज २ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यशैलीबाट उनकै पार्टी राजापाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com