सुजीतकुमार झा
जनकपुरधाम, ९ मंसिर ।
कोरोनाका कारण केही महिनादेखि नेपाल भारतको सीमा सिल भएपछि सर्वसधारणलाई समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन । प्रदेश २ को विभिन्न नाकामा धर्नाको कार्यक्रम शुरु गरिएको छ ।
नेपाल भारत खुल्ला सीमा संवाद समूहको नेतृत्वमा भइरहेको सो धर्नामा स्थानीयवासी र मधेशवादी दलका नेताहरुको पनि सहभागिता रहने गरेको छ । समूहका केन्द्रिय अध्यक्ष राजिव झाले सीमा खुल्ला नभएसम्म धर्ना लगायत शान्तिपूर्ण आन्दोलन जारी रहने वताएका छन । अहिले प्रदेशका ६ जिल्लाको विभिन्न नाकामा धर्ना कार्यक्रम चलिरहेको बताउँदै उनले भने कोरोनाको नाउँमा नेपाल सरकारले नेपाल भारत सीमामा सिल गर्ने टेष्टिंग गरेको छ ।
सीमा नाका लामो समयदेखि बन्द रहँदा सीमा क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । नेपाल–भारत सीमा बन्द रहेका कारण सीमावर्ती क्षेत्रका नागरिकलाई व्यापार–व्यवसाय, नाता–सम्बन्ध कायम राख्न समस्या भइरहेको जनगुनासो व्याप्त छ ।नेपालको सीमावर्ती क्षेत्रका बासिन्दामध्ये कयौँको भारततिर वैवाहिक सम्बन्ध छ । नाका बन्दका कारण उक्त सम्बन्धमा पनि निकै समस्या आएको छ । हिँडेर आउजाउ गर्न त्यति रोकटोक नभए पनि गाडी आउजाउमा पुरै रोक लगाइएको छ, जसले गर्दा पछिल्लो समय दुई देशका नागरिकबीच वैवाहिक सम्बन्ध गाँस्न कठिनाइ भएको छ ।
महोत्तरीको कटैया छोटी भन्सार नजिक धर्ना कार्यक्रमका संयोजक रोशनसिंह राणाले सर्वसाधारणलाई सीमामा आउन जान रोक लगाउने र तस्करलाई छुट दिने यो कस्तो सिल रहेको प्रश्न गरेका छन । दर्जनो तस्करहरुको तस्करी चलिरहेको छ । सीमामा साइकल र मोटरसाइकलमा तस्करी गरिरहेको त्यतिकै देख्न सकिन्छ । प्रहरी प्रशासनको मिलोमतोमा तस्करी हुने भएकाले त्यसलाई कसैले रोकदैन ।
आन्दोलनमा राजनीतिक दलका व्यक्तिहरुको पनि सहभागिता देखिएको छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोजकुमार चौधरीले यदि चाडै सरकारले सीमा खुला नगरे हामी आफै खुलला गराउने चेतावनी दिएका छन ।सीमामा स्वास्थ्य इकाई राखेर भएपनि सीमा खोलाउन मांग गरिएको छ । नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध छ, त्यसमा पनि नेपालको तराई मधेशसँग भारतको त्यस्तो सम्बन्ध बढी छ । तराई मधेशका चेलीबेटीको बिहे भारतमा र भारतका चेलीबेटीको बिहे नेपालमा भएको छ ।’ यस प्रकारको सम्बन्धलाई निरुत्साहित गर्न संघीय सरकारले अनावश्यक रुपमा सीमा नाकाहरु बन्द गरेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update