आफनो श्रीमति र छोरी माथि तेजाब फाल्ने युवकलाई प्रहरीद्वारा पक्राउ, महिलाको अवस्था चिन्ताजनक

Byदूधमती साप्ताहिक

२९ कार्तिक २०७७, शनिबार ११:१५ २९ कार्तिक २०७७, शनिबार ११:१५ २९ कार्तिक २०७७, शनिबार ११:१५

सुजीतकुमार झा
जनकपुरधाम
आफनो श्रीमति र छोरी माथि तेजाब फाल्ने एक युवकलाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० बस्ने संजिव साह रहेकाका छन । साहले आज बिहानै आफना २१ वर्षिय श्रीमती आरती साह र निजकै छोर ३ वर्षिय रिया साह माथि तेजाब फालेर भागेका थिए ।


जनकपुरधाम ७ स्थित घरमा भाडा लिएर बसीरहेको बेला समान्य झगडाको क्रममा तेजाब फालेको बताइएको छ । खोज तलाश गर्दा निज फरार संजिव साहलाईे जनकपुरधाम ४ संकटमोचन मा.बि. नजिकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन ।
घटनाको अनुसान्धान कार्य भईरहेको छ । घाईतेहरुलाई जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भई रहेको छ । आरती साहको हात, अनुहार, पेट, छाती लगायतको शरीरको विभिन्न भाग जलेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रिया साहको टाउको, बाया हातमा जेलेको अवस्था रहेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update